पौडेललाई भोट माग्न काँगेसले तयार पारेको प्रस्ताव(पूर्णपाठ सहित)

Read Time:7 Minute, 3 Second

प्रधानमन्त्रीका लागि भोटिङ्ग हुनु भन्दा एक दिन पहिला अर्थात भदौ १० गते नेपाली काँग्रेसले आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न ११ बुँदे प्रस्ताव तयार पारेको छ ।  उसले शान्ति प्रकि्रयामा ४, संविधान निर्माण र राज्यको पुर्नसंरचनामा  २, सुशासनमा ३ र आर्थिक विकासका लागि २ बुँदा तयार प्रस्तुत गरेको छ ।

पौडेलका प्रतिद्वन्दी एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईका लागि एमाओवादीले  यसअघि भट्टराईलाई भोट माग्न ल्याएको एमाओवादीको प्रस्ताव (पूर्णपाठ सहित) प्रस्तुत गरिसकेको छ । पौडेलले यसअघि भएको प्रधानमन्त्री चयनमो प्रतिपस्र्धामा १७ पटक पराजित भएका थिए ।

एस लिम्बुकाठमाडौं

नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेमा  सरकारका मुख्य प्राथमिकताहरु

नेपाली काँग्रेसको प्राथमिकता शान्ति प्रकृया पुरा गरी संविधान निर्माण संपन्न गर्नु हो । सुशासन र आर्थिक विकाससंगै लानु हो ।

शान्तिप्रकि्रया
१ संवैधानिक व्यवस्था विस्तृत शान्ति संझौता सेना र हतियार व्यवस्थापन अनुगमन संझौता लगायत विगतमा भएका संझौता र सहमतीको आधारमा शान्ति प्रकृयाको सफल कार्यान्वयन नै सरकारको मुख्य प्राथमिकता हुनेछ । यसका लागि निम्न लिखित विषयहरुमा जोड दिइनेछ ।

२ माओवादी लडाकुहरुको समायोजन र पुनस्र्थापनाको कार्य शिघ्र प्रारम्भ हुनेछ । पूर्व संझौताहरु अनुसार व्यक्तिगत आधारमा र कुनै रुपमा पनि पृथक अस्तित्व नरहने गरी समायोजनको संख्या मोडालिटी मापदण्ड दर्जा निर्धारण एवं पुनस्र्थापनाको कार्यक्रम बारॆ सरकारमा साझेदार दलहरुको साझा अवधारणा तयार गरी माओवादी पक्ष सँग वार्ता गर्ने ।

३ समायोजनको प्रकृया विश्वसनीय आधारमा प्रारम्भ र नेकपा माओवादी सँग रहेका हात हतियारहरु सरकारलाई विधिवत हस्तान्तरण कब्जा गरिएका सार्वजनिक  एवं व्यक्तिगत सम्पतिहरु सम्बन्धित हकवालालाई फिर्ता गरिएको संस्थागत घोषणा र माओवादी अन्र्तगतका अर्धसैनिक संरचना कार्यशैली एवं कि्रयाकलापको अन्त्य नभएसम्म शान्ति प्रकृयाको सफल कार्यान्वयनको लागि विश्वसनीय वातावरण बन्न सक्दैन । यसै कुरालाई ध्यानमा राख्दै शान्ति प्रकृया अघि वढाइनेछ ।

४ विस्तृत शान्ति सम्झौता एवं विगतका सहमती अनुरुप  गठन हुन वाँकी आयोगहरु राजनीतिक सहमतीको आधारमा अविलम्ब निर्माण गर्ने ।

संविधान निर्माण र राज्यको पुनसंरचन

५ थपिएको समय भित्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको लागि सरकारको तर्फबाट सबै प्रकारको सहयोग पुर् याउने । लोकतान्त्तिक मुल्य मान्यताका साथै बहुलवादी सिद्धान्तप्रति प्रतिवद्ध रहने । यो संविधान सभाबाटै नयाँ संविधानको निर्माण गर्नु वाहेक नेपाली जनता सामु अर्को विकल्प छैन ।

६ लोकतान्त्रीक समाजवादलाई सवै अतिवादवाट वचाउने राज्यको पूनसंरचना समावेशी सिद्धान्त र सामाजिक न्यायका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायत विभिन्न उत्पीडित एवं पिछडिएका वर्ग आदीवासी जनजाति एवं समुहसँग भएको सहमति एवं संझौताको सम्मान गर्दै कार्यान्वयन गर्ने ।

सुशासन

७शान्ति सुरक्षा एवं विधिको शासनको सुनिश्चितता गराउन दण्डहीनताको अन्त्य नागरिक हकको ग्यारेन्टी र विना भेदभाव राज्यबाट नागरिकले पाउनु पर्ने सेवालाई सर्वसुलभ ढंगले उपलब्ध गराउने ।

८ भ्रष्टाचार राजश्व चुहावट जस्ता आर्थिक अपराधलाई कडाईका साथ नियन्त्रण गरिने । दण्डहीनता हटाउने ।

९ संवैधानिक अंग निजामती प्रशासन शैक्षिक संस्था लगायत सार्वजनिक नियुक्ति एवं वृत्ती विकासमा राजनीतिक पूर्वाग्रह नराखी उत्कृष्टता दक्षता एवं वरिष्ठतालाई आधार मान्ने । संभव भएसम्म प्रतिस्पर्धाको आधारमा मात्र सार्वजनिक संस्थानहरुको कार्यकारी प्रमुख नियुक्त गर्ने ।

आर्थिक विकास
१० आर्थिक विकासको विषयलाई साझा राष्ट्यि एजेण्डा बनाई आर्थिक वृद्धि सामाजिक न्याय समानुपातिक विकास उत्पादन आय एवं रोजगारी अभिवृद्धिको कार्यक्रममा जोड दिने । सामाजीक र आर्थिक रुपान्तरणको लागि राष्ट्रिय सहमतीको आधारमा सुधार कार्यक्रम अघी बढाउने ।  बन्द हडताल एवं आर्थिक क्षती हुन सर्वसाधारणको जनजीवनमा प्रतिकुल प्रभाव पार्ने र नोक्सान गर्ने कुनै पनि कार्यलाई निरुत्साहित गर्ने । समग्र आर्थिक विकासका लागि लगानीमुखी वातावरण निर्माण गर्ने ।

११ विकास निर्माणका कार्यक्रमहरुको सिध्र कार्यान्वयनलाई जोड दिने । विकास निर्माणको कार्यमा अवरोध गर्ने ढिला सुस्ती गर्ने अनुचित लाभ उठाउने जस्ता कृयाकलाप विरुद्ध कडा कारवाही गर्ने । विकास निर्माणको अनुगमन कार्यलाई तीब्र बनाउने ।


रामचन्द्र पौडेल
नेता, नेपाली काँग्रेस संसदीय दल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %