
दौरा सुरुवाललाई राष्ट्रिय पोशाक भनेर व्याख्या गरेको सर्वोच्च अदालतको फैसला मधेश केन्द्रित दलहरुले राजधानी लगायत मुलुकमा विभिन्न भागमा जलाएका छन् । भदौ ९ गते काठमाडौंको माइतीघर मण्डलामा प्रहरीको कडा पहरावीच पनि आन्दोलनकारीले फैसला जलाएका हुन ।
साउन ३२ गते झलनाथ खनाल नेतृत्वको सरकारले दौरा सुरुवाल वाहेक सबै नेपालीको पोशाकले मान्यता नपाउने गरी मन्त्री परिषदबाट निर्णय गरेको थियो । त्यसी निर्णयको अधारमा भदौ १ गते सर्वोच्च अदालतले दौरा सूरुवाल मात्रै राष्ट्रिय पोशाक भएको फैसला गरेको थियो ।
सर्वोच्च अदालतको फैसला जलाउने कार्यक्रममा जातीय स्वशासन र संघीयताका लागि संयुक्त गठबन्धनका नेताहरु पनि उपस्थित थिए । काठमाडौं माइतीघर मण्डलामा दौरा सुरुवाल सम्बन्धी सर्वोच्चको फैसला यसरी जलेको थियो ।










तस्विरहरु:- www.rajyasatta.com/
सम्बन्धित समाचार
पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय भन्नु सामन्ती एक जातीय चरित्रको निरन्तरता-लोकतान्त्रिक मधेशी संगठन
पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय पोशाक मान्दैनौं-मधेशी मोर्चा
‘दौरा सुरुवाल विरुद्ध ९ भदौमा माइतीघर मण्डला जाउँ’
