समुदायगत अधिकार माग्दा चार सभासदलाई सात दिन निलम्बन गरेका सभामुख सुवासचन्द्र नेम्वाङ्गले राजावादीलाई भने एक दिन मात्रै निलम्बन गरेको छ । संविधान नलेखी संविधानसभा भङ्ग गर्नु पर्ने, हिन्दुको गाईलाई राष्ट्रिय जनावार मान्नु पर्ने, पूर्व राजालाई पुर्नस्थापित गर्नुपर्ने लगायतका माग राखेर संसद अवरोध गरेका राप्रपा नेपालका सभासदहरुलाई भदौ ८ गते एक दिनका लागि मात्रै निलम्बन गरिएको हो ।
अन्तरिम संविधान र ९९.९ प्रतिशत जनताको भावना विपरीत माग राख्ने राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ्ग, बबिना मोक्तान, रामनारायण सिँह र कुन्ती शाहीलाई नेम्वाङ्गले एक दिनका लागि मात्रै निलम्बन गरेका हुन । २०६५ जेठ १५ गते संघीयता र गणतन्त्रको विरोधमा भोट हाल्ने सभासद यिनै चारजना हुन ।
जबकी रुक्मिणी चौधरी, विश्वेन्द्र पासवान, सदरुल मियाँ हक र बुद्धरत्न मानन्धरलाई जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका माग गर्दा सात दिनका लागि संसदबाट मास्रल लगाएर बाहिर निकालिएको थियो ।
धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका विरोधी र समर्थकलाई लाग्ने कानुन नै फरक फरक छ कि क्या हो ?
थप समाचार
चार सभासद निलम्बनको भित्री कथा
