काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दौरा सुरुवालनलजाउनु भनेर सरकारले कसैलाई नभनेको स्पष्ट पारेका छन् । मधेशी केन्द्रित दलहरुले व्यवस्थापिका संसद अवरुद्ध पारेपछि हतार हतार गृहमन्त्रीको हैसियतले संसदमा जवाफ दिँदै श्रेष्ठले दौरा सुरुवाल नलाउनु भनेर कसैलाई परिपत्र नगरिएको जवाफ दिए ।
मधेशीकेन्द्रित दललाई दौरासुरुवाल जलाउन नदिन गृहको सर्कुलर भनेर समाचार लेख्ने साचार माध्यम र साचारकर्मीलाई श्रेष्ठले संवेदनशील विषयमा समाचार लेख्दा सत्य तथ्यमा विचार पुर् याउन सुझाव दिए । दौरासुरुवाल जलाउन खोजेकॊ र त्यसलाई सरकारले नियन्त्रण गर्न कुनै निर्देशन जारी गरेकॊ भन्ने समाचारमा कुनै सत्यता नभएको श्रेष्ठले जानकारी दिए । बरु नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश रहेको सन्दर्भमा सरकार सबै जाति र समुदायका बीच शान्ति र सद्भाव कायम गर्न प्रयत्नशील रहेको गृहमन्त्री श्रेष्ठको भनाई थियो ।
सभासद उमाकान्त चौधरीले सर्वाच्च अदालतले दौरा सुरुवाललाई राष्ट्रिय पोसाक भन्नु संविधानविपरीत भएको बताए । सभासदहरु रामप्रीत पासवान, रेणुकुमारी यादव, डा. प्रकाशचन्द्र लोहनी, रामनारायण सिँह, विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, जयप्रकाशप्रसाद गुप्ता र महेन्द्रप्रसाद यादवले कुनै एउटा जातीको पोशाकलाई राष्ट्रिय पोशाक बनाउन खोजेको भन्दै कडा आपत्ति प्रकट गरे ।
थप समाचार
दौरा सुरुवाल प्रकरण:गणतान्त्रिक सरकारले पंचायतको पुनरावृत्ति गर् यो-जनजाति महासंघ
‘दौरा सुरुवाल विरुद्ध ९ भदौमा माइतीघर मण्डला जाउँ’
पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय भन्नु सामन्ती एक जातीय चरित्रको निरन्तरता-लोकतान्त्रिक मधेशी संगठन
पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय पोशाक मान्दैनौं-मधेशी मोर्चा
