
सदभावना पार्टी (गजेन्द्रवादी)का नेता लक्ष्मणलाल कर्णले संविधानसभाको दोस्रो पटक थपिएको म्याद सकिदासम्म पनि राज्यपुर्नसंरचनाको अवधारणा नल्याएकाले काँग्रेसलाई प्रधानमन्त्रीमा आफ्नो पार्टीको समर्थन रहने सम्भावना कम रहेको बताएका छन् । छलफलका लागि ल्याइएको ७ प्रदेश पनि मधेशी विरोधी रहेको नेता कर्णको भनाई छ ।
काँग्रेसले ल्याएको सात प्रदेशमा मधेशलाई चिरा चिरा पारिएकाले आफ्नो पार्टीले कडा विरोध जनाउने कर्णले बताए । सात प्रदेश पहाडी खसको स्वार्थ हेरेर तयार पारेको उनको भनाई छ ।
प्रधानमन्त्री निर्वाचनमा कसलाई भोट दिने भन्ने विषयमा निर्णय भईनसके पनि राज्यपुर्नसंरचनामा सबैको अधिकार प्रत्याभूत गर्ने र संविधानका पक्षपाती दललाई सघाउने निश्चित भइसकेको उनको भनाई छ । शान्ति प्रकि्रयाको विषयमा भने आफूहरु काँग्रेसको नजिक रहेको कर्णले उल्लेख गरे ।
काँग्रेसको ७ प्रदेश सम्बन्धी पूर्ण दस्तावेज
काँग्रेसको सात प्रदेशबारे डा. महेन्द्र लावतीको टिप्पणी
काँग्रेसको सात प्रदेशबारे नरहरी आचार्यसँग सिधाप्रश्न
