पूर्ण बहादुर राना
फागुन ९, २०८०
२०७९ सालकाे साेनाम ल्हाेसारमा प्रचण्डले भने, “म अरू लामाे नभनी गम्भीर ढंगले केही समय भित्रै तामाङकाे छाेरा पनि मन्त्री बनाउँछु मैले । र तामाङकाे छाेरी पनि मन्त्री बनाउँछु । तपाईंहरू यसमा विश्वस्त भए हुन्छ ।”
फेरि २०८० काे साेनाम ल्हाेसारमा प्रचण्डले भने, आज याे मञ्चबाट के कुरा घाेषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलकाे जतिबेला पुनर्गठन हुन्छ पहिलाे प्राथमिकता बागमती प्रदेशकाे तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाईने छ । म याे लाखौं जनताको अगाडि भन्दै छु । जतिबेला पुनर्गठन त हुन्छ हुन्छ नै । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ । याे विश्वास तपाईंहरूमाझ दिलाउन चाहान्छु ।
यी माथिका दुई उद्धरणहरू पुष्प कमल दाहाल प्रचण्डले ०७९ र ०८० काे तामाङ राष्ट्रकाे नयाँ वर्ष साेनाम ल्हाेसार अभिव्यक्त गरेका अभिव्यक्तिहरू हुन् । यी दुईवटा भनाइले दाहाल दिने ठाउँमा रहेकाे र तामाङ माग्ने ठाउँमा रहेकाे प्रष्ट्याउँछ । यि भनाइहरूले दाहाल अर्थात बाहुनहरू शासक र तामाङहरू शासित भएको प्रमाणित गर्छ । यी दुईवटा भनाईहरूले बाहुनहरू सत्तासित जाति र तामाङहरू सत्ताबिहिन जाति भएकाे सबुत प्रमाण हाे ।
पुष्प कमल दाहाल प्रचण्डले ०७९ सालकाे साेनाम ल्हाेसारमा पनि मन्त्री र ८० सालकाे ल्हाेसारमा पनि मन्त्री दिन्छु भने । तर उत्पिडित तामाङ जातिलाई प्रधानमन्त्री दिन्छु भन्न सकेनन् । हुन त राष्ट्रपति र प्रधानमन्त्री पद त दाहालहरूकै पेवा हाे । दाहालहरूके काेसेली हाे । दाहालहरूकै दाईजाे हाे । दाहालहरूकै ठेक्का हाे जस्ताे भएको छ नेपालमा । यी पदहरूमा उत्पिडित मधेसी, दलित, मुस्लिम, आदिवासी र महिलाहरूकाे लागि धेरै टाढाकाे विषय भएको छ ।
त्यसैले याे दिने र माग्ने ठाउँ बिचकाे दुरि निमिट्यान्न पार्न, सत्तासिन र सत्ताबिहिन जातीय समुदायमा समान दुरि कायम गर्न र शासक र शासित जाति बिच भएकाे बैमन्यष्यता र द्वन्द्व हटाउन राष्ट्रिय जनमुक्ति पार्टीले २०६७ सालकाे चाैंथाे राष्ट्रिय महाधिवेशनबाट “जनमुक्ति विचारधारा” प्रतिपादन गरेकाे छ । पास गरेकाे छ ।
जनमुक्ति बिचारधारामा भनेकाे छ, “आज अधिकारबाट बञ्चित जातिहरू अधिकार माग्ने ठाउँमा हाेईन अधिकार दिने ठाउँमा रहन चाहान्छन् । अन्तर संघर्षको शुरूवात यहीँबाट शुरू हुन्छ किनकि एकाधिकार प्राप्त सत्ताधारी जाति शासित जातिलाई अधिकार दिन चाँहदैन भने शासित जातिहरू अधिकार नलिई नछाड्ने अवस्थामा छन् ।”
याे भनाइले अब दाहालहरूले मन्त्री बनाउँछु भन्दा अधिकार बिहिन समुदाय खुसि नहुने भए । हाेला पार्टीका झाेले खुसि हाेलान तर समग्र तामाङ समुदाय खुसि नहुने भए ।
राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना २०४७ साल वैशाख २३ गते भएकाे हाे । याे पार्टीले स्थापनाकालदेखि नेपालमा रहेका सबै जातीय समुदाय र सबै जातीय मुदायकाे भाषा, धर्म, सँस्कार, सँस्कृतिलाई राज्यकाे मूल धारमा ल्याउने राजमार्ग “जनमुक्ति विचारधारा” प्रतिपादन गरेकाे छ ।
मूलतः नेपाली समाजलाई ऋग्वेददेखि अर्थात् ३५०० वर्ष अघिदेखि मनुस्मृतिसम्म, मनुस्मृतिदखि र मुलुकी ऐन, १९१० सम्म आउँदा कहालीलाग्दो अपमानित हुने जातीय व्यवस्थामा लादेकाे छ । यसलाई चिरफार गर्नका लागि र समतामूलक समाज निर्माण गर्नका लागि राष्ट्रिय जनमुक्ति पार्टीको जन्म भएको हाे ।
जनमुक्ति पार्टीको याे सिद्धान्त प्रचण्डले बुझेनन् कि सुनेनन् कुन्नि! पाेहाेर सालकाे साेनाम ल्हाेसारमा र यसपालिको साेनाम ल्हाेसारमा तामाङ जातिलाई मन्त्रि बनाई दिन्छु भने । कसैले कसैलाई बनाउनु र बनाईनु नपर्ने सिद्धान्त राष्ट्रिय जनमुक्ति पार्टीसँग छ भनेर प्रचण्डजस्ताे नेताले हेक्का राख्दा राम्रो हुन्छ ।
सबै जातिले जित-जितकाे प्रणाली लागू गराउन जनमुक्ति विचारधारामा “जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व प्रणाली” राज्यकाे हरेक निकाय र तहमा लागू हुनुपर्छ भनेर शङ्घाेष गर्दै आईरहेकाे छ । समानुपातिक प्रतिनिधित्व प्रणालि र जातीय वर्णानुक्रम अनुसारकाे चक्रिय प्रणालि लागू गरे कसैले कसैलाई हार र जितकाे खेल खेल्नु पर्ने छैन । कसैले कसैलाई मन्त्री बनाउने भनेर अहंमता र बनाईने भनेर ग्लानी गर्नु पर्ने छैन् । कुनै जाति पनि शासक र शासित भएर बस्नु पर्ने छैन् । काेहि जाति पनि सत्तासीन र सत्ताबिहिन भएर बस्नु पर्ने छैन् । सबै जातिले राज्यसत्तामा जित-जित(Win-win)काे अवस्था प्राप्त गर्ने छन् । सबै जातीय समुदाय खुसि हुने छन् । वास्तवमा प्रचण्डले तामाङलाई मन्त्री दिन्छु भनेकाे पनि उनकाे पैत्रिक सम्पत्ति बकस लेखी दिए जसरि दिन खाेजेकाे पनि हाेईन । राज्यसत्ता त सबै नेपालीको साझा हाे । साझा अधिकारमा सबैकाे साझा हुन्छ र साझा सम्पत्तिमा सबै राजा बन्न पाउनु पर्छ । तब राष्ट्रिय एकतामा थप मजबुत हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भाषण सुन्नुहाेस् ।