
मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले नयाँ संविधानमा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान लगायतका स्वायत्त राज्यहरुको सुनिश्चितताको माग गर्दै चरणवद्ध आन्दोलन गरिरहेको छ । संघीयता, गणतन्त्र धर्मनिरपेक्षता तथा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा बन्ने आत्मनिर्णयको अधिकार र स्वशासनसहितका अरुणपूर्व नौ जिल्ला लिम्बुवान राज्यको विरोधी एकात्मकवादीहरुको एकात्मक चलखेल र षडयन्त्रको विरुद्धमा यही भाद्र ७ गते साँझ लिम्बुवानका नौवटै जिल्लाका विभिन्न सदरमुकाम र प्रमुख बजारहरुमा राँके जुलुश गरेको छ ।
परिषदले भाद्र ८ गते दिउँसो लिम्बुवानका विभिन्न जिल्ला र क्षेत्रबाट जम्मा लिम्बुवानी नेतृत्व तथा कार्यकर्ताहरुको व्यापक सहभागीतामा मोटर साइकल र् याली र कोणसभा गर्ने भएको छ । लिम्बुवानको विर्तामोड मदक झापा; उर्लांबारी पत्थरी मोरङ; र धरान इटहरी सुनसरीहुँदै सप्तकोशी ब्यारेजमा पुगेर एकात्मकवादीहरुको पुत्ला दहन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका डिबी आङबुहाङले जानकारी दिएका छन् ।
मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका वरिष्ठ उपाध्यक्ष ता लिम्बुवान आन्दोलन संयोजक ज्ञानबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकार गृह मन्त्रालयले देशमा विद्यमान ठूला समस्या र चुनौतीको पहिचान गरेको भन्दै तयार गरेको अभिलेखमा विभिन्न दश समस्या पहिचान गरेको भनी फेरि पनि लिम्बुवान र यसको आन्दोलनलाई निष्तेज पार्ने कु_ित्सत नियतले स्वतन्त्र लिम्बुवानको माग गरेर स्वतन्त्र देशको अस्तित्वमै प्रश्न उठाउने गतिविधि भइरहेको भन्ने अनर्गल प्रचारबाजीप्रति गरेको भन्दै सो पति माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
एस लिम्बु\काठमाडौं
