राष्ट्रिय जनमुक्ति पार्टीको माथिल्लो सदनको रुपमा रहेको फेडरल हाउसको वैठकले पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । राजधानीमा सम्पन्न फेडरल हाउसको वैठकद्वारा गठित अध्यक्ष मण्डलमा केहरसिँ राना (पाल्पा), सुमिता आले (काठमाडौं), डिबी गुरुङ्ग (नवलपरासी) हर्कमान तुम्बाहाम्फे (मोरङ्ग) र रमेशसिँ दनुवार (महोत्तरी) रहेका छन् ।
अध्यक्ष मण्डलको अध्यक्षता पार्टी अध्यक्षले गर्ने विद्यानमा व्यवस्था गरिएको छ । फेडरल हाउसका सदस्यहरुलाई पार्टी अध्यक्ष एमएस थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
थप समाचार
जनमुक्तिको नवगठित फेडरल हाउस सदस्यहरुको नामावली
