‘दौरा सुरुवाल विरुद्ध ९ भदौमा माइतीघर मण्डला जाउँ’

Read Time:1 Minute, 57 Second

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दौरा सुरुवाल र टोपीलाई मात्रै राष्ट्रिय पोशाक मान्ने सरकारको एकलौटी निर्णय विरुद्ध भदौ ९ गते काठमाडौंको माइतीघर मण्डलामा कार्यक्रम गर्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कामचलाउ प्रधानमन्त्री झलनाथ खनालले मात्र वाहुनहरुको पोशाकलाई राष्ट्रिय पोशाकको मान्यता दिएको विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको आयोजकको भनाई छ । मोर्चामा फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, तमलोपा, तमलोपानेपाल र सदभावना पार्टी गजेन्द्रवादी सहभागी छ ।

मोर्चाले दाहाल र खनालको मिलमतोमा भएको यो कुकृत्यलाई जातीय क्षेत्रीय सांस्कृतिक र सामुदायिक विविधताको सर्वस्विकार्य मान्यतामाथिको गम्भिर कुठाराघात भएको ठहर गरेको छ । खनाल नेतृत्वको सरकारले साउन ३२ गते सार्वजनिक कार्यक्रममा वाहुन जातिको लुगा सबैले लगाउनु पर्ने निर्देशन जारी गरेको थियो । सर्वोच्च अदालतले भदौ १ गते यसलाई राष्ट्रिय पोशाकको रुपमा व्याख्या गरेको थियो ।

पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय भन्नु सामन्ती एक जातीय चरित्रको निरन्तरता-लोकतान्त्रिक मधेशी संगठन

पहाडी वाहुनको पोशाकलाई राष्ट्रिय पोशाक मान्दैनौं-मधेशी मोर्चा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %