
ललितपुर कुपण्डोलकी रोजी महर्जनलाई मार्ने सुभाष उप्रेती रोजीको प्रेमी नभई अपहरणकारी र हत्यारा मात्रै भएको खुलासा भएको छ । महर्जनलाई अपहरण गरेर मार्न र उनको परिवारसँग करौडौं लुट्ने अभिप्रायले उप्रेतीले प्रेमको नाटक गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । यसअघि प्रेमसम्बन्धमा आएको खटपटका कारण रोजीको हत्या भएको भनिएपनि उप्रेतीले रोजीलाई मार्न भाडामा किनेको कुमार तामाङ्ग पक्राउ परेपछि सत्यतथ्य उजागर भएको हो ।
उप्रेतीले रोजीसँग झगडा परेपछि आवेगमा आएर मारेको बताएका थिए । तर उप्रेतीले रोजीलाई मार्न हतियार किन्न कुमारलाई रु ४५ हजार दिएका थिए । त्यसमध्ये रु १५ हजारमा तराईमा गएर पेस्तोल किनेको कुमारले प्रहरीलाई बताएका छन् । प्रहरीले योजनावद्ध अपहरण फिरौती र हत्यालाई गम्भिर अपराधको रुपमा लिएको छ । रोजीका अभिभावकले यसअघि नै आफ्नो छोरीको प्रेम सम्बन्ध नभएको बरु अपहरण र हत्याकै लागि उप्रेती रोजीकोपछि लागेको बताएका थिए ।
रोजीलाई मारीसकेपछि जिउँदो छ भनेर परिवारसँग पाँच करोड माग्ने योजना उप्रेतीले बनाएको खुलासा भएको छ । उसले शुरुमा रु ३० लाख मात्रै मागेका थिए । तर उप्रेतीले रोजीलाई मार्ने र उनको परिवारको सबै सम्पत्ति लुटेर सडकको बास बनाउन खोजेका रहेछन् । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन् ‘साउन २० गते बेलुकी सुभाष उप्रेती पक्राउ नपरेको भए रोजीको अभिभावकले छोरी मात्रै हो गुमाउने होइन सडकमै पुग्ने रहेछ ।’
थप समाचार
रोजी मर्हजनका हत्यारालाई कारवाही गराउन साउन २७ गते ललितपुर बन्द
बाहुन प्रेमीले फेरी मारे सोझी जनजाति चेली
जनजाति चेलीको हत्यारा उप्रेतीलाई कारवाहीको माग गर्दै आन्दोलन
वाहुन प्रेमीबाट जनजाति चेली हत्या प्रकरण: कथा १७ वर्ष पहिलेको व्यथा अहिलेकै
बाहुन प्रेमीका कारण फेरि मारिइन सोझी मगर्नी
