राष्ट्रिय आदिवासी जनजाति महासंघ झापाको नवनिर्वाचित कार्यसमिति

Read Time:1 Minute, 48 Second

राष्ट्रिय आदिवासी जनजाति महासंघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा धनबहादुर गोले तामाङ्ग चयन भएका छन् । झापाको विर्तामोडमा भदौ ४ गते भएको भेलाले उपाध्यक्षद्वयमा लक्ष्मी मेयाङ्बो र गोपाल चौधरी, सचिव झलक राई, संगठन सचिव पूर्ण खजुम लिम्बु र कोषाध्यक्षमा विष्णु राजवंशी चयन भएको महासंघका केन्द्रिय इन्चार्ज कर्णबहादुर सुनारीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

नेता सुनारीका अनुसार सदस्यहरुमा फूलमाया तामाङ्ग, केदार घले, सुनिता चौधरी, युगल राजवंशी, एकमाया दर्लामी मगर, कुमारी राना मगर, रवि मेचे र जतन राई रहेका छन् । करिब तीन सय सहभागी भेलामा अधिकाँश युवाहरु कार्यसमितिमा बस्न तँछाडमछाड गरेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदका उपाध्यक्ष केपी पालुङ्गवा लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता जनमुक्ति झापाका अध्यक्ष भवानी विक्रम सेट्लिङ्गले गरेका थिए । संघीय परिषदका अर्का उपाध्यक्ष मिना पन्धाक लिम्बुले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए । महासंघका इन्चार्ज तथा संघीय परिषद सदस्य कर्णबहादुर सुनारीले प्रशिक्षण दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %