छोरो ल्याईदिए एकलाख पुरस्कार

Read Time:1 Minute, 44 Second

पाल्पा, श्रावण ३
१४ दिनअघि अपहरणमा परेका १७ बर्षिय किशोर न्यौपानेलाई खोजेर ल्याउने व्यक्ति वा संघसंस्थालाई एक लाख पुरस्कार दिने उनको  बाबु रामप्रसाद न्यौपानले घोषणा गरेका छन् ।
साउन २१ गतेदेखि अपहरणमा परेका किशोरलाई कसले कहा“ लग्यो भन्ने अज्ञात छ । तानसेन–३ बारुदखान बस्ने किशोरलाई खोजी गर्न बाबु रामप्रसादले पत्रकार, मानवअधिकारवादीलाई आग्रह गरेका छन् । अघिल्लो शुक्रवार (२२ गते) सांझ ५ बजे अपहरणकारीसंग सम्पर्क भएपनि त्यसपछि अवस्था अज्ञात छ ।

साउन २८ गतेबाट फिरौती माग्न छोड्नुका साथै सम्पर्क समेत नभएको बाबु न्यौपानेले बताएका छन् । उनले संवेदनशील अवस्था वुझेर फिर्ता वा सुराकी पत्ता लगाउने जोसुकैलाई १ लाख दिने घोषणा गरेको बताए । साना छोरा छोरीलाई समेत मारिदिने धम्की आएपछि उनीहरुले प्रहरी र पत्रकारलाई ११ दिनसम्म जानकारी गराएका थिएनन् ।
अपहरित किशोरले तानसेनकै जनता उच्च माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका थिए । यसैवर्ष उनी सेन उच्च माविमा व्यवस्थापन विषयमा कक्षा ११ मा भर्ना भएका थिए । प्रहरीले औपचारिक उजुरी नआएपनि आफ्नै तरीकाले अनुसन्धान गरेको बताएको छ ।

देव पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %