पोखरा, २ भदौ
आदिवासी जनजाति पुस्तकालय स्थापनाका लागि चारभञ्ज्याङ तमु समाज पोखरा आमा समितिले असोज ११ गते पोखरा सभागृहमा चारभञ्ज्याङ विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । आमा समितिले आज पोखरामा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।
साँकृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु शिव परियार, विमलराज क्षेत्री, राधिका हमाल सहित चारभञ्ज्याङ क्षेत्रको मौलिक साँस्कृतिक प्रस्तुति, हाँस्य व्यग्य, प्रहसन, लोकदोहोरीका साथमा प्राचीन नेपालको ऐतिहासिक नृत्य समेत प्रस्तुत गरिने समितिका अध्यक्ष डम्बरकुमारी तमुले जानकारी दिइन ।
उक्त कार्यक्रमबाट करिब चारलाख रुपैया संकलन गरी दुइ लाख मुनाफा गर्ने अनुमान गरिएको समितिका सचिव विमला तमुले बताईन ।
हुम तमू
