राष्ट्रिय आदिवासी जनजाति महासंघ ताप्लेजुङ्ग जिल्ला समितिको अध्यक्षमा आइता गाबु लिम्बु चयन भएका छन् । महासंघका केन्द्रिय इन्चार्ज अध्यक्ष कर्णबहादुर सुनारीको प्रमुख आतिथ्यमा भदौ १ गते गठित कार्यसमितिको उपाध्यक्ष जंग प्राङदेन, सचिव ज्ञानु फुरुङ्गबु, सहसचिव तेजबहादुर राना मगर र कोषाध्यक्षमा डेनी शेर्पा चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सुनारीले महासंघ स्थापनाको औचित्यमाथि प्रकाश पार्दै भने, ‘अरु दल जनजातिलाई भर् याङ बनाएर आफू सत्तामा जान यस्ता संगठन खोल्छन् तर जनमुक्तिले आफू भर् याङ बनेर जनजातिलाई सत्तामा पुर् याउन महासंघ खोलेको हो ।’ हिजो जातीय मुक्तिको कुरा गर्दा साम्प्रदयिक भन्नेहरु अहिले सबैभन्दा जातीवादी हुनु अप्राकृतिक भएको नेता सुनारीको भनाई थियो ।
जनमुक्ति ताप्लेजुङ्गका अध्यक्ष इन्द्र थलङ्गको सभापतित्वमा सम्पन्न भेलामा राजमुपा संघीय परिषद सदस्य प्रकाश याङदेन, भीमप्रसाद मादेन, जिल्ला इन्चार्ज मोतीलाल तुम्बाहाम्फे लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए । जिल्ला उपाध्यक्ष बेलीमाया याङदेनको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सन्चालन संगठन सचिव यामकुमार आङबुहाङले गरेका थिए ।
