प्रमुख दलका मुख्य नेताहरु सुनियोजित रुपमा संविधान लेख्न तयार नदेखेपछि महिलाहरुले संविधानसभा भवन अगाडि भोक हडताल शुरु गरेका छन् । राजनीतिक दलका प्रभावशाली नेताहरु संविधान जारी गर्न र शान्ति प्रकि्रयालाई टुङ्गोमा पुर् याउने प्रकि्रयामा लाग्नुको सट्टा कुसर्ीको मोहमा लागेको भन्दै उनीहरुले भदौ १ गतेबाट दबाब स्वरुप यस्तो कार्यक्रम शुरु गरेका हुन ।
जेठ १२ र १३ गते खुबै ठूलो स्वरमा संविधानसभा भवन अगाडि चिच्याउने आदिवासी जनजाति र दलित संघसंस्थाका टाउकेहरु कान तेलहालेर निधाईरहेको बेला महिलाको दवावलाई चौतर्फी समर्थन प्राप्त भएको छ । शान्ति र संविधानका लागि महिला दबाव आन्दोलन ले सुरु गरेको हड्ताल बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म हुने महिला पुनःस्थापना केन्द्रका दुर्गा कार्कीले जानकारी दिएका छन् । भोक हड्ताल भदौ १४ गतेसम्म हरेक दिन जारी रहने आयोजकले बताएको छ ।
संविधान निर्माणका लागि दवाव दिन देशभरका महिलाले भदौ ६ गतेदेखि देशव्यापी पदयात्रा गने कार्यक्रम समेततय भएको छ । प्रमुख राजनीतिक दलका नेताहरु पुरुष मात्रै भएको तथा संविधान बन्दा महिलाहरु अधिकारसम्पन्न हुन्छ भने जानी जानी पुरुषवादीहरुले संविधान निर्माणमा बाधा हालेको उनीहरुको धारणा छ ।
