घटीया चलचित्र वा उपन्यासको पात्रले समेत नगर्ने कुतृत्व नेपालमा दिनानुदिन बढी रहेको छ । आफैले जन्म दिएका छोरीछोरा मात्रे होइन आफ्नै आमालाई हत्या गर्नेहरु धमाधम पक्राउ परेका छन् । यसैवीच काचनपुरको भीमदत्तनगरपालिका-९ मटैनाका धर्मानन्द नाथलाई आफ्नै आमा श्रीमती छोरा र छोरीलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
नाथलाई घर नजिकैको खोलामा लुकिरहेको अवस्थामा ब्रह्मदेव प्रहरी चौकीबाट खटिएका टोलीले पक्राउ गरेको हो । नाथमाथि ५० वर्षीया आमा हरया देवी, २५ वर्षीया श्रीमती धना देवी, छ वर्षीय छोरा रवि र चार वर्षीया छोरी रेणुको हत्या गरेको अभियोग लागेको छ । उनीहरु चारै जनाको २८ साउनमा निर्मम तरिकाले हत्या भएको थियो ।
यसैअघि १५ साउनमा पर्वत जिल्लामा आफ्नै बाबुले दुई छोरीहरुलाई (जिल्लावासीलाई जति छोरीहरुको माया आफ्नै बाबुलाई लागेको भए…..)जिउँदै खोलामा फालेको स्विकार गरिसकेका छन् । दुई हप्ता पहिलो कैलालीमा सौतेनी आमाले छोरालाई मारेर फालेका थिए भने छोरी मुश्किलले बाँच्न सफल भएकी छन् ।
