दोस्रो पटक थपिएको म्याद सकिन लाग्दा पनि संविधान नबनेपछि गुरुङ्ग (तमुहरु)ले ट्ँयोहोटे पर्व मनाउँदा पनि दवाव मुलक नारा लगाएका छन् । प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलवार मनाउंँदै आएको ट्रहोटे पर्वमा तमुहरुले भदौ १४ भित्र संविधान दे भ्रष्टाचारीलाई कारवाही गर जस्ता नारा लगाएका थिए ।
तमुहरुले यो पर्वलाई समाजमा बढ्दै गएको विकृति र विसङ्गति विरुद्धको खबरदारीको रुपमा लिन्छन् । तमु युवाले मुखमा कालो दलेर शरीरमा थाङ्ना कपडा लगाएर त्यसमाथि रानीझार बेरेर देशमा घटेका विकृति र विसङ्गतिविरुद्ध चर्का नारा लगाउएका थिए ।
