नाल्बो र मैनालीको स्थानमा सभासद नबनाउन अदालतको आदेश

Read Time:1 Minute, 15 Second

आफूहरुलाई सभासदबाट हटाएको विरोधमा राजकुमार नाल्बो लिम्बु र केशवप्रसाद मैनालीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले विपक्षीको नाममा आदेश जारी गरेको छ ।  रिटमा विपक्षी बनाइउको संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग व्यवस्थापिका संसद सचिवालय र निर्वाचन आयोगलाई अर्को आदेश नभएसम्म सभासद नियुक्त गर्न अदालतले आदेश जारी गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका सभासद नाल्बो र चुरेभावर राष्ट्रिय पार्टीका मैनालीलाई पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेको भन्दै पदबाट हटाइएको विरोधमा उनीहरुले साउन २६ गते रिट दायर गरेका थिए । अदालतका न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।  
अदालतले भदौ ५ गते दुवै पक्षबीच बहस गर्न पेसी तोकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %