सहमतिमा सरकार बनाउने म्याद भदौ ४ गते

Read Time:1 Minute, 47 Second

राष्ट्रपति डा रामवरण यादवले नेपाल व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई भदौ ४ गते पाँच बजे भित्र सहमतीको आधारमा सरकार गठन गर्न आव्हान गरेका छन् । प्रधानमन्त्री झलनाथ खनालले साउन २९ गते राजिनामा दिएपछि अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा १ अनुसार सहमतीय सरकारका लागि राष्ट्रपतिले आव्हान गरेका हुन ।

निर्धारित मितिमा सहमतीको सरकार बन्न नसकेको अवस्थामा बहुमतीय सरकार गठन हुने संविधानको सोही धारामा उल्लेख छ ।

प्रेस विज्ञप्ती

सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले मिति २०६८।०४।२९ मा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (७) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम सम्वत् २०६८ भाद्र ४ गते आइतबारका दिन दिनको १७:०० बजे सम्ममा राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नको लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुलाई सम्माननीय राष्ट्रपतिले आव्हान गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %