जिल्ला प्रहरी कार्यालय नुवाकोटले मरेको गाईको मासु खान खोजेको निहुँमा मनकामना गाविस-२ का ७० वर्षीय टेकमान तामाङ र १४ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको छ । उनीहरुलाई साउन २७ गते दिउँसो गाउँमा भीरबाट लडेर मरेको गाईको मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।मरेको मासु खान खोजेका भनेर अर्का निर्दोष बीरबहादुर तामाङलाई पनि प्रहरीले पक्राउ गर्न खोजको छ ।
मरेको गाईको मासु खाँदा पक्राउ गर्नु अन्तरिम संविधान २०६३ को ठाडो उल्लंघन हो । नेपाल धर्मनिरपेक्ष हुनु भन्दा पहिला बनाइएको मुलुकी ऐनमा गाई मार्नेलाई पक्राउ गर्न सक्ने प्रावधान थियो । तर संविधानसँग बाझिएका जुनसुकै ऐन कानुन स्वतह खारेज हुन्छ भन्ने कुरा पुष्कमल दाहाल र झलनाथ खनालको संयुक्त सरकारलाई थाहा नभएको पक्कै होइन होला । नत्र भने गाईलाई पिट्दा पनि तीन वर्ष जेल जानु पर्ने विद्येयक संसद पुग्ने थिएन ।
जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले दिएको जानकारी अनुसार मुलुक भर सयौं आदिवासी जनजाति दलित मुस्लिमलाई सरकारले मरेको गाई खान खोजेको भनेर झुठ्ठा मुद्दा लगाएको छ ।
एस लिम्बु
थप समाचार
गाई विधेयक पारित भयो भने दलीय ह्विप नाघ्ने अवस्था आउन सक्छ – सभासद पासाङ शेर्पा
मरेको गाई खान खोज्नेहरुलाई वेपत्ता पार्ने षडयन्त्र शुरु
आदिवासी दिवस भाँड्न मरेको गाई काटेको निहुमा चार जनजाति पक्राउ
पशुवधको निँहुमा मुस्लिमलाई फसाउन शुरु
गाई गोरु काटनेलाई ३ बर्ष जेल सजाय गरिने !
