नीरमाया आले मगर
साउन २० गते प्रेमको निहुँमा रोजी महर्जनलाई अपहरण गरेर सुभाष उप्रेतीले हत्या गरेको घट्नाले १७ वर्ष पहिले नवलपरासीको अमरापुरी-३ को अर्को निर्मम घट्नाको स्मरण गराउँछ । त्यतिबेला पनि कृष्णप्रसाद पौडेल नामक यौन पिपासुले प्रेमको वहानामा फसाएर नीरमाया आले मगरको विभत्स हत्या गरेको थियो । प्रस्तुत छ लाफा पत्रिकाको सन् १९९५ अगस्त अंकमा प्रकाशित पत्रकार प्रदीप थापा मगरको स्थालगत रिर्पोटिङ्गको प्रमुख अंश ।
त्यो हत्याकाण्डका हत्याराहरुको असलियत : नीरमाया आले मगर कसरी मारिइन्
घटनाको पृष्ठभूमिःएउटा विभत्स हत्या
‘दुईवटै स्तन काटिएको थियो । दाँया हातको कुइनादेखि र दाँया घुँडादेखि काटेर फ्याँकिएको थियो । घाँटीमा कुनै धारिलो हतियारले काटेको जस्तो ठूलो प्वाल परेको थियो । साउन महिनाको झरीको कारण लाश दुर्गन्धित र सुन्निएको थियो । घाँटी र छातीको विचमा परेको प्वालबाट पेटभित्रबाट असंख्य किराहरु सल्बलाई रहेको देखिन्थ्यो । टाउकाको रौं पुरै खौरिएको थियो । यौनीको अघिल्लो भाग क्षतविक्षत अवस्थामा थियो । कालो निलो रंगको मृत शरीरमा रगतको पाप्रो जमेको थियो ।
यस्तो विभत्स लाश कसको हो भनेर ठम्याउन कसैले सकेका थिएनन् । यसैवीच नरबहादुर आलेले लाश नजिक पाइएको चप्पल र कपडाको टुक्रा ओल्ट्याई पल्ट्याई हेरेपछि पाँच दिनदेखि हराएकी आफ्नी छोरीको यो दुर्दशा देख्नु परेको थियो ।’
नवलपरासी जिल्लाको अमरापुरी गाविस-३ मेझीका गाउँलेहरुले नीरमाया आले मगरको हत्या बारेमा पछिल्लो रिर्पोट संकलन गर्न जाँदा यसरी नै बताए । यो ह्रदय विदारक घटना विस २०५१ साउन २९ गतेको हो । जतिखेर कथित प्रेमी भनाउँदो हत्यारा कृष्णप्रसाद पौडेलले प्रेमको बहानामा नीरमाया आलेको सुन्दर जीवन सदाको लागि लुटेको थियो । कृष्णप्रसाद र नीरमाया अमरापुरी मेझी गाउँका एउटै टोलका छिमेकी हुन ।
कृष्णप्रसाद पौडेल
नीरमायाको घर खेतको कुलो र बाटोको पूर्वि किनारमा पर्दछ भने कृष्णप्रसादको घर त्यहाँदेखि केही पर बाटापारी पश्चिमी मोहडामा। यी दुबै जनाले लक्ष्मी मावि अमरापुरीमा पढ्थे । नीरमाया कक्षा ७ र कृष्णप्रसाद १० कक्षाका विद्यार्थी थिए ।
यसैवीच, यिनीहरुले एकआपसमा प्रेम गर्न थाले । वास्तवमा कृष्णप्रसाद पौडेल जवानीले पूर्ण हुँदै गइरहेकी नीरमायाको रुपदेखि फाइदा उठाउने दाउ मात्र हेर्दै थियो । यत्तिकैमा नीरमायाको गरिबी र अवोधपनाको फाइदा उठाएर कृष्णप्रसादले कथित प्रेमको नाटक रच्न सफल भयो । बस् के चाहियो र उसले नीरमायाको जवानीमाथि मोजमस्ती गर् यो र गर्भ रहेको थाहा पाएपछि पौडेल नीरमायाको फन्दाबाट उम्किने उपाय सोच्न थाल्यो ।
घटनाक्रमको शीलशीलाबद्ध अध्ययन र यो दुई जोडीको पारिवारिक पृष्ठभूमिको जानकारी लिने हो भने
नीरमाया आलेको मुत्यु जातीय विभेदकै कारण भएको स्पष्ट हुन आउँछ ।
अन्तत: उनको हत्याको कारण यही जातीय वर्ण विभाजन हुन पुग्यो ।
यसैवीच एकान्तमा लगेर मार्ने योजना बुन्न थाल्यो । त्यसै योजना मुताबिक गाउँको पश्चिमतिरको झरई खोलाको किनारमा लगेर प्रेमको नाममा नीरमायामाथि पौडेल सबै भन्दा ठूलो विश्वासघात गर् यो अर्थात निर्दयता र क्रुरताको पराकाष्ठा नाघ्दै नीरमायाको घाँटी अँठ्याउन पुग्यो ।
उनी मारिइनुमा जातीय कारणः बाहुन प्रेमि बनाउँदाको अभिशाप
यो विभत्स हत्याको पछाडी कुन कुराले प्रेरित गरेको थियो त प्रश्न स्वाभाविक उठ्न सक्छ । र, घटनाक्रमको शीलशीलाबद्ध अध्ययन र यो दुई जोडीको पारिवारिक पृष्ठभूमिको जानकारी लिने हो भने भने नीरमाया आलेको मुत्यु जातीय विभेदकै कारण भएको स्पष्ट हुन आउँछ ।
कृष्णप्रसाद पौडेलको बुबा बुद्धिप्रसाद पौडेल गाउँका पुरेत बाजे हुन । पुस्तैनी पुरेत्यालाई बपौती पेशाको रुपमा ग्रहण गर्न पुगेको उनी बताउँछन् । अमरापुरी गाविसका अधिकाँश गाउँमा यिनको जजमानी फल्दो फुल्दो रहेछ । अहिलेपनि ५० ६० मगर वाहुन र क्षेत्री घर परिवार जजमानको रुपमा छँदैछन् । पहिले पहिले यिनले जनमानी गरे बापत गाई गोरु भैंसी आदि दान सीदा स्वरुप पाउँथे भने अचेल यो प्रचलन विस्तारै लोप हुँदै गएकाले यनिको पुरेत्याँई पेशालाई हेम्पर परेको रहेछ । 
पत्रकार थापा मगर
यसहिसाबले पौडेल परिवार समाजमा धर्म, संस्कृति बचाउने प्रतिष्ठित पण्डित परिवारको रुपमा गनिदौ रहे्रछ । यस्तो अवस्थामा छोरो कृष्णप्रसाद पौडेलले मगर केटीसँग प्रेम गर्नुले परिवारको तथाकथित प्रतिष्ठामा आँच आउने मात्र नभई जाति ज्यूत समेत हुनुपर्ने भयले बुद्धिप्रसादको माथिङ्गल चक्कराउन थाल्नु स्वाभाविक थियो । उता कृष्णप्रसाद स्वयम आफै पनि नीरमायालाई भित्र्याउन तयार थिएन । अन्तत: उनको हत्याको कारण यही जातीय वर्ण विभाजन हुन पुग्यो ।
हत्यामा पौडेल परिवारकै संलग्नता
नीरमायाको हत्या कृष्णप्रसाद पौडेल एक्कैले मात्र गर्न नसक्ने ठहर नीरमायाका बुबा नरबहादुर आलेको मात्र हैन सिँगो गाउँले र प्रहरीको समेत छ । यो हत्याकाण्डमा विशेष गरी पौडेल परिवकार कृष्णप्रसादका दाजु सोमराज र विष्णुराज तथा भाउजु तारा पौडेलको संलग्नता रहेको गाउँलेहरु बताउँछन् ।
एक भेटमा नीरमायाका बुबाले नरबहादुरले भनेका थिए, ‘मेरी छोरीलाई कृष्णप्रसाद पौडेल जस्तो सिखुटे ठिटोले एक्लै मार्न सक्दै सक्दैन । मेरी छोरी त मगरकी छोरी पो त त्यो वाहुन केटोले मेरी त्यस्ती निडर, साहसी छोरीलाई एक्लै मार्यो होला भनेर कसरी पत्याउने ?’
क्षेत्रीय प्रहरी कार्यालय कावासोतीमा कृष्णप्रसाद पौडेलको साविती बयान यस्तो थियो, ‘मेरो तथा नीरमायाबीच यौन सम्बन्ध भई नीजले गर्भधारण गरेकी र मलाई विवाह गर भन्ने गरेकी हुँदा मेरो जात वाहुन नीज मगरकी छोरी भएकीले विवाह गरी राख्न समाजमा घृणा हुने भएकोले सो कुरा प्रमोद कोइरालालाई भन्दा नीजले पनि नीरमायालाई मारी फालिदिने भनेको हुँदा हामी दुबैको नीरमायालाई मार्ने षडयन्त्र भई मौका कुरिबसेको र मिति २०५१ साउन २९ गते नीरमायालाई भेट भई सो ठाउँमा लगी केही छिन कुराकानी गरी हातबाँधी, घाँटी थिची मारेको र साथमा लगेको हंसियाले घाँटी र दुध र दाहिने गोडासमेत काटी दिएको हुँ ।
(प्रदीप थापा मगर www.USNepalOnline.Com का प्रधानसम्पादक हुन ।)
थप समाचार
रोजी मर्हजनका हत्यारालाई कारवाही गराउन साउन २७ गते ललितपुर बन्द
बाहुन प्रेमीले फेरी मारे सोझी जनजाति चेली
जनजाति चेलीको हत्यारा उप्रेतीलाई कारवाहीको माग गर्दै आन्दोलन
बाहुन प्रेमीका कारण फेरि मारिइन सोझी मगर्नी
