लोकेन्द्र तिगेलाको ‘राजनीति र इतिहासको शृङखला’ सार्वजनिक

Read Time:1 Minute, 59 Second

धनकुटा हात्तिखर्क-२ का लोकेन्द्र तिगेला लिम्बुको ‘राजनीति र इतिहासको शृङखला’ नामक कविता संग्रह सार्वजनिक गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेता कुमार लिङदेनले साउन २७ गते अनामनगरस्थित अनिजको कार्यालयमा उत्त कृतिको विमोचन गरेका हुन ।

२०३८ र २०४९ सालमा गाविस अध्यक्ष बनेका तिगेलाको पुस्तकमा संग्रहित ३४ वटै कविता राजनीति र ऐतिहासिक सन्दर्भको वरीपरी घुमेको छ । ८८ पेजको पुस्तकमा समेटिएका ‘महिशपाल गोपालवंश पनि किरात नै थिए’, ‘किरात सभ्यता उदय’, ‘खटपटीमा परेका जनजातिहरु’, ‘लिम्बुवानसँगको सन्धि’, ‘व्राहमण विकास’ जस्ता शीर्षकबाट पनि कविताहरुको भावार्थ सहजै आँकलन गर्न सकिन्छ ।  उमेरले ६ दशक पार गरिसकेका तिगेलाले २०५४ सालमा ‘मानव उत्पत्ति र खेवा वंशावली’ (संयुक्त) प्रकाशित गरेका थिए ।

अनलाइन नेपाली साहित्य मंच(www.nepaliLiterature.com)का प्रधान सम्पादक विश्वास दीप तिगेलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचारकर्मी तथा साहित्यकार कृष्णराज सर्वहारीले शुभकामना मन्तव्य दिएका थिए भने राजकुमार दिक्पालले कार्यक्रम संचालन गरेका थिए । विश्व नेपाली साहित्य महासंघले प्रकाशित गरेको पुस्तकको मुल्य नेपालमा रु १२५ र विदेशमा पाँच अमेरिकी डलर राखिएको छ ।


तिलिसरा राना मगर\काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %