पूर्ण कहादुर राना
१. याे घुमाउने घर भुकम्पमैत्री हुन्छ । याे घर नेपालकाे भुगाेल र वातावरणकाे बनावटकाे आधारमा विकास भएको हाे । किनकि गाेलाे घरकाे गाराे चारैतिरबाट गाराे हुने भएकोले चारैदिशा पुर्व, पश्चिम, उत्तर दक्षिण जहाबाट भुईँचलाे आएनि फरक पर्दैन ।
२. याे घर प्रकृतिमैत्री छ । किनकि याे घर प्रकृतिमै पाउने ढुङ्गा, माटो, काठ र घरबाट बनाएको हुन्छ । याे घरमा प्रयाेग गरेका झ्यालढाेका सबै काठबाट बनेकाे हुन्छ । यस्ता घरमा प्रयाेग गरेका सामानहरू सजिलै कुहिन्छ । याे घरमा नकुहिने सिसा, खिया लाग्ने फलाम, सिमेन्ट जस्ता वस्तुले बनेकाे हुँदैन ।
३. याे घर माैसम मैत्री छ । याे घर निर्माण गर्दा प्रकृतिबाट जस्तो उपलब्ध हुन्छ त्यस्तै उपलब्ध खर, स्याउला, काठ, दाउरा, ढुङ्गा र माटोबाट बनेकाे हुन्छ । याे घर जाडाे महिनामा न्यानाे र गर्मि महिनामा चिसाे हुन्छ । याे घर आफै चिसाे र न्यानाे हुने भएकोले गर्मि माैसम र जाडाे माैसम मैत्री छ । याे स्वचालित प्राकृतिक एअर कन्डिसनर( Automatic Natural AC) भएको घर हाे । यस्ताे घरकाे ईन्जिनियरिङलाई विकास गराैं । Protect it. Preserve it. Promote it.