लक्ष्मण थारुको नेतृत्वमा ‘थरुहट तराई पार्टी नेपाल’ गठन

Read Time:2 Minute, 33 Second

एमाओवादीबाट जातीय मुक्ति अम्भव देखेर जनजाति आधारित राजनीतिमा होमिएका लक्ष्मण थारुले थरुहट तराई पार्टी नेपाल गठन गरेका छन् । थारुको अध्यक्षतामा साउन २७ गते ३१ सदस्यीय कार्यसमिति समेत घोषणा गरिएको छ ।

नवघोषित पार्टीको वरिष्ठ नेतामा गोपाल दहित, उपाध्यक्षद्वयमा भानुराम थारु र  हरिनारायण थारु, महासचिवमा नन्दकुमार थारु, सचिवमा मीनराज चौधरी र कोषाध्यक्षमा खडकबहादुर चौधरी रहेका छन् ।

पार्टीको केन्द्रीय सदस्यमा मोहम्मदकयुब खाँ, कृतिबहादुर थापा मगर, रामप्रसाद थारु, राजमती चौधरी, मनिराम चौधरी, देवमान चौधरी, कन्हैयालाल चौधरी, विष्णु थारु, गणेशप्रसाद थारु, महेन्द्रप्रसाद थारु, गङ्रगा थारु, जीवराज थारु र जवाहरलाल थारु रहेका छन् । यसैगरी बलिराम थारु, त्रिलोकी थारु, राधेश्याम चौधरी, नारायणी चौधरी, रामचन्द्र चौधरी, दश्मिलाल चौधरी, माधव चौधरी, पूर्णबहादुर थारु, हरिलाल चौधरी, वसन्त चौधरी र ईश्वरी चौधरी पनि केन्द्रिय सदस्य रहेका छन् ।

जीवनको धेरै उर्जाशील समय एनेकपा माओवादी खर्चेका थारुले पार्टी घोषणासभामा भने, ‘एमाओवादी वा जुनसुकै वाहुनवादी पार्टीबाट दलित, जनजाति र मुस्लिमको अधिकार पाउने नदेखेपछि नयाँ पार्टी खोल्नु परेको हो ।’

एमाओवादी त्यागेपछि थरुहट आन्दोलनमा सकि्रय थारु संविधानसभा निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चमा थिए । दुई सभासद जितेको पार्टी विभिन्न टुक्रामा विभाजन भएपछि उनले नयाँ दल गठन गरेका हुन । लोकतान्त्रिक मन्च विभाजन भएर गठन भएको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीमा रहेका थारुलाई दीपक मनाङ्गे लगायतको समूहले पार्टीबाट निकालेपछि थारुको नयाँ दल जन्मिएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %