आफ्नै श्रीमती र माइलीआमाको हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका भक्तबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको छ । भण्डारीलाई साउन २७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा सार्वजनिक गरिएको हो ।
पर्वतका लिमिठाना-९ का ४४ बर्षिय भण्डारीले मदिरा सेवन गरी साउन १७ गते ४२ वर्षीया श्रीमती मीना र ६५ वर्षीय माइली आमा हरिकलालाई हत्या गरिएको प्रहरीले जनाएको छ । भण्डारीलाई कानुनी कारवाहीका लागि आवश्य पकि्रया अगाडि बढाई सकिएको पर्वत जिल्ला प्रहरीले जनाएको छ ।
