दलित अधिकारबारे नयाँ पुस्तक

Read Time:1 Minute, 32 Second

 


एमाओवादीसम्बद्ध राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तथा सभासद तिलक परियारले ‘माक्स्रवाद दलित र विशेषाधिकार’ नामक पुस्तक बजारमा ल्याएका छन् । रत्नमाया दलित साहित्य संरक्षण समितिले प्रकाशन गरेको पुस्तक एमाओवादी उपाध्यक्ष उपाध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिक गरेका हुन ।

भट्टराइले दसवर्षे युद्धमा दलित समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले दलित समुदायका समस्यालाई आगामी संविधानमा सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

सभासद् तथा साहित्यकार विश्वभक्त दुलाल आहूतिले पुस्तकमा माक्स्रवादसँग जोडिएका दलित अधिकारलाई स्पष्ट पारिएको र एनेकपा माओवादीको युद्ध तथा पार्टी नीतिलाई सम्बोधन गरिएको दाबी गरे ।

कार्यक्रममा लेखक परियारले  पटक पटकको राजनीतिक परिवर्तनपछि पनि दलितहरुको समस्या जहाँकोतँही रहेको बताए । मुक्ति मोर्चाका केन्द्रीय प्रकाशन विभाग संयोजक पदम सुन्दासले पुस्तकले नेपाली दलित आन्दोलनको पिडा समेटिएको धारणा राखे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %