आफ्नै २ छोरी मारेको अभियोगमा तिवारी पक्राउ

Read Time:1 Minute, 0 Second

पर्वत जिल्लाको पिपलटारी गाविसका कृष्ण तिवारीले आफ्नै दुई छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । साउन २७ गते पत्रकार सम्मेलनमार्फत तिवारीले ८ वर्षीय नमुना र ६ वर्षीय नबिनाको हत्या गरेको सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको भिडियो तिवारीले दुबै छोरीको हत्या कबुल गरेका छन् । आर्थिक अवस्थाका कारण राती सवा १० बजे घर नजिकैको मोदिखोलामा लगेर दुबै छोरीलाई जिउँदै बगाएको बयान दिएको प्रहरीको दाबी छ ।

नमुना र  नबिनकी आमा रोजगारीका लागि इजरालयमा केही वर्षदेखि इजरायलमा छिन् । कृष्ण शुरुमा साउन १५ गते छोरीहरु अपहरण परेको बयान दिँदै आएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %