सत्ताको खेलले संविधानमा झेल-भीमबहादुर तामाङ्ग

Read Time:1 Minute, 46 Second


नेपाली कांग्रेसका पुराना नेता भीमबहादुर तामाङले ठूला पार्टीहरु सत्ताको खेलमा लागेकै कारण संबिधान बन्न नसकेको बताए । कांग्रेस निकट लोकतन्त्रका लागि युवा गठबन्धनद्वारा साउन २६ गते आयोजित कार्यक्रममा दलहरुले सत्ता मोह नत्यागेसम्म संविधान बन्न ढिलाइ हुने उल्लेख गरे ।

आफ्नो पार्टी भित्रको आन्तरिक विवादको कारण पनि अति सत्तामोह नै भएको नेता तामाङ्गको भनाई छ । तामाङले केही स्वार्थी र सत्तामा केन्द्रित भइरहेका नेताका कारण पार्टीमा विवाद बढेको बताए । पछिल्लो समय शेरबहादुर देउवा र रामचन्द्र पौडेलवीच सत्तामा को जाने भन्ने विषयमा चरम विवाद छ ।

गत असोजमा सम्पन्न १२ औं महाधिवेशनमा सभापति पदका उम्मेदवारी दिएका तामाङ्गले नगन्य मत पाएका थिए । उनका प्रतिद्वन्दीहरु सुशिल कोइराला र शेरबहादुर देउवा भन्दा पार्टीमा बढी समय दिएको र इमान्दार छवि भएका तामाङ्गले जनजाति कोटाबाट उठेका काँग्रेसहरुको समेत भोट पाएका थिएनन् । सभापतिमा पराजित भएका देउवालाई केन्द्रिय सदस्यमा तुरुन्तै मनोनित गरेका कोइरालाले तामाङ्गलाई जनजातिहरुको चर्को दवावपछि मात्रै केन्द्रिय सदस्य बनाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %