नेपाल-सिँगापुर मैत्री समाजले सिँगापुरको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा एक समारोह आयोजना गर् यो । कार्यक्रममा समाजका अध्यक्ष सदनन्दन सिँहले सिँगापुरले गरेको आर्थिक प्रगतिलाई नेपालको पूर्वाधार विकास तथा पर्यटन क्षेत्रमा आकर्षित गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा विज्ञान तथा प्रविधिमन्त्री लेखराज भट्ट, समाजका महासचिव मोहनवीर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, एभरेष्ट एक्सप्रेसका अध्यक्ष आर आर पाण्डेलगायतले दुई देशवीचको सम्बन्धको विषयमा चर्चा गरेका थिए ।
