पाल्पा श्रावण २४
१७ औ विश्व आदिवासी दिवस २०६८ को उपलक्ष्यमा आज (मंगलबार )पाल्पाको तानसेनमा सांस्कृतिक सभा सम्पन्न भएको छ । बिभिन्न जातिय पोशाक र सास्कृतिक झाकी सहित शयौको संख्यामा रहेका जनजाति हरुले नगर परिक्रमा गरी र्यालीमा समयमै नया संबिधान जारी गर,राज्यका हरेक तहमा आदिवासी जनजातिलाई समाबेश गर ,जातिय सद्भाव कायम गरौ, आदिबासी एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए । र्यालीपछि तानसेन नगरपालिका हलमा भएको सास्कृतिक सभामा बोल्ने बतmाहरुले आदिबासी जनजातिको हक अधिकारलाई नया बन्ने सबिधानले सुनिश्चित नगरे आदिवासी जनजातिका बर्तमान समस्या जहाको तही रहने भएकाले अधिकार प्राप्तीका लागी सबै एक भएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमका अतिथि पाल्पाका समाज सेबी भुयुमान लिगल,प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरे, योजना अधिकृत टेक राज पन्थी, पत्रकार महासंघ पाल्पाका सभापति भगवान भण्डारी, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र अर्याल ले आदिबासी जनजातिहरु शयौ देखि राज्यका हरेक निकायमा पछाडी पारिएकाले उनीहरुको उत्थानको लागी राज्य र राजनितिक दलहरु गंभिर हुनुपर्नेमा जोड दिएका छन् । आदिवासी सचेतीकरणको लागी गाँउ गाँउमा जानुपर्ने , भाषा, सँस्कृती र रहनसहनलाई जोगाई राख्न सबै कृयाशिल र चनाखो हुनुपर्ने उनीहरुको सुझाब थियो ।

कार्यक्रममा एकिकृत नेकपा माओबादी पाल्पाका प्रभाब राना , नेकपा एमालेका धनेन्द्र राज घिमिरे, नेपाली कागे्रस पाल्पाका बिर बहादुर राना, जनमुतिm पार्टीका केयर सिङ राना, राट्रिय जनमोर्चाका विशाल दर्लामी, राप्रपा पाल्पाका माया देबी बजाचार्यले नेपालका हरेक आन्दोलनमा आदिबासी जनजातिको महत्वपुर्ण भुमिका भएपनि उपलब्धी अर्कै जातिले लिएको बताउदै नया बन्ने सबिधानले नै सबैको अधिकार सुनिश्चत हुने भएकाले सबैको ध्यान त्यतितिर केन्द्रित हुनुपर्ने बताए ।
आफ्नो अधिकार माग्दा अरुको अधिकार हनन् हुन नदिन आफुहरु सधै सचेत रहेको बताउदै नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा, नेपाल आदिबासी जनजाति महिला महासंघका अध्यक्ष सौन्दर्यबती शाक्य, मगर संघका केन्द्रिय सदस्य लालु राना, असोक शाही लगाएतका जनजाति अगुवाहरुले अधिकारको लागी आवाज उठाउदा साम्प्रदायिक हिम्सा भद्काउन खोजेका आरोप लागेकोमा गुनासो गरे । उनीहरुले आदिबासी जनजातिहरु जुन पार्टी, धर्म ,क्षेत्र र समुदायमा रहेपनि जातिय अधिकार प्राप्तीका लागी एक भएको बताएका थिए । आदिबासी जनजातिका कौडा, मारुनी, सालैजो, भm्याउरे, लगाएतका गित तथा नृत्य समेटिएका सास्कृतिक कार्यक्रमले थप रौनकता थपेको थियो ।
जनजाति महासंघ पाल्पाका संयोजक गम बहादुर थापाको अध्यक्षता, बल बहादुर गाहाको स्वागत, देब पचभैयाको धन्यबाद मा सम्पन्न कार्यक्रमको संचालन त्रिरत्नलाल बजा्रचार्य ले गरेका थिए ।
देब पचभैया
