आदिवासी जनजातिहरुले विश्वभर १७ औं आदिवासी दिवस मनाईरहेको बेलामा मरेको गाई काटेको अभियोगमा चितवनको जुटपानीबाट चार तामाङ्गलाई प्रहरीले पक्रेको छ । जुटपानीस्थित पाडे वाईबाको घरमा मरेको गाई खानका लागि काटिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले जुटपानीका प्रेम लामा, पानबहादुर लामा, रामबहादुर दोङ्ग र सुनबहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।
बिहान ४ बजे गाई उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी निरिक्षक किसन सिँह बुडालले जानकारी दिएका छन् । जनजाति नेताहरुले भने विश्व आदिवासी दिवसमा रमाईरहेका जनजातिलाईहरु सरकारले झुठो मुद्दा लगाएर फसाएको बताएका छन् ।
सर्वोच्च आदालत हत्या प्रमाणित गरेको व्यक्तिहरुलाई सरकारले पक्राउ गरेको छैन । तर मरेको पशुको मासु खान खोज्दा एमाले नेतृत्वको प्रधानमन्त्री र माओवादी नेतृत्व गृहमन्त्रीको निर्देशनमा निर्दोष जनजातिहरुलाई जेल कोचिरहेको छ । देशभरी सयौंको संख्यामा जनजातिहरु मरेको पशु खान खोजेको अभियोगमा जेलमा छन् ।
एस लिम्बू
