संघीय लोकतान्त्रिक राष्टिय माचका राजकुमार नाल्बो र चुरे भावर राष्टिरय एकता पार्टीका सभासद केशवप्रसाद मैनालीको सभासद पद खोसिएको छ । संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले साउन २४ गते प्रेस विज्ञप्ती जारी गर्दै नाल्बो र मैनाली सभासद नरहेको जनाएका हुन ।
दुबै सभासदले मुल पार्टी छोडेर अर्को पार्टी गठन गरेकाले सदस्यता खारेज गरिएको विज्ञप्तीमा उल्लेख छ । नाल्बोले संघीय लोकतान्त्रिक राष्टिय पार्टी र मैनालीले चुरे भावर पार्टी गठन गरेका थिए ।
यसअघि घुस खाएको आरोप प्रमाणित भएपछि एमाले सभासद डोलबहादुर कार्कीको संविधानसभा सदस्यता खारेज भएको थियो । एमाओवादीका मात्रृतका यादव र नेपाल सदभावना पार्टी आनन्दीदेवीका श्यामसुन्दर गुप्ताको सभासद खोसिएको थियो ।
