पाल्पामा पनि अनिज स्थापना दिवस सम्पन्न

Read Time:2 Minute, 53 Second

श्रावण २३
तेह्रौँ स्थापना दिबसको अवसरमा आदिबासी जनजाति पत्रकार संघ (अनिज) पाल्पाले आज (सोमबार) अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “संचार माध्यममा आदिबासी जनजातिहरुको सवाल र यसको सन्र्दभिकता” विषयमा अन्तरक्रिया गरेको हो ।   कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाका अध्यक्ष गम बहादुर थापा मगरले दबिएका, हेपिएका आदिबासी जनजातिहरुको अवाजलाई प्रचार प्रसार गरी बहसमा ल्याउनु पर्ने बिचार राखे ।


परिषद पाल्पाका सल्लाहकार अशोक कुमार शाहीले आदिबासी जनजाति पत्रकारहरुले संस्थाको सदस्य पाउनु प्रमुख कुरा नभई क्रियाशिलता र गुणस्तरीयता महत्वपूर्ण रहेको बताए । नेपाल आदिबासी जनजाति पत्रकार संघ पाल्पाका अध्यक्ष देव पचभैयाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा, नेवा देय दबु पाल्पाका अध्यक्ष त्रिरत्नलाल शाक्य, नेपाल कुमाल समाज पाल्पाका अध्यक्ष टोप बहादुर कुमाल, नेपाल मगर संघ पाल्पाका सल्लाहकार बल बहादुर राना, नेपाल मगर संघ तानसेन नगर समितिका अध्यक्ष विष्णु बहादुर गाहा, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष शंकर भण्डारी, नेपाल मगर विद्याथीं संघ पाल्पाका अध्यक्ष धनी सारु, प्रेम सागर शाही लगायतले शहर केन्द्रित नभई ग्रामीण स्तरका सावलहरुलाई पनि समेट्नु पर्नेमा जोड दिएका थिए ।


पाल्पाली पत्रकारहरु टेक नारायण भट्राई, केशब घिमिरे, यज्ञमुर्ति तिमिल्सिना,हुम सूर्यबंसी, मिलन बिक, माधब अर्याल लगाएतले आदिबासी जनजाति पत्रकारहरुले संँख्या मात्र नभई स्तर वृद्धिमा ध्यान दिनु पर्ने सुझाव दिएका छन् ।संघका सचिब हरिबहादुर सारुको संचालन र उपाध्यक्ष यमुना सारुको स्वागतमा कार्यक्रम भएको थियो । पाल्पा जिल्लामा ५१ जना आदिबासी जनजाति पत्रकारहरु क्रियाशिल छन् ।
देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %