अनिज स्थापना दिवसमा वैकल्पिक मिडियाबारे लालदेउसा राईले मुख खोले (तस्विर सहित)

Read Time:3 Minute, 3 Second


तीन दशक भन्दा बढी पत्रकारिता अध्यापन गर्दै आएका सहप्राध्यापक लालदेउसा राईले नेपालमा वैकल्पिक मिडिया अनिवार्य भएको धारणा राखेका छन् । आदिवासी जनजाति पत्रकार संघ (अनिज)को स्थापना दिवसको अवसरमा काठमाडौंमा साउन २३ गते आयोजित कार्यक्रममा राईले व्यावसायिसक सचार माध्यमले मुनाफा हेरेर समाचार संप्रेषण गर्ने हुँदा पिछडिएका समुदायको समाचारले स्थान नपाउने बताए ।

विश्वयुद्धपछि नै वैकल्पिक मिडिया शुरु भएको भएता पनि नेपालले यसको विकास हुन नसक्नु खेद जनक रहेको सहप्राध्यापक राईको गुनासो थियो । नेपालमा  आगामी दशक भित्र वैकल्पिक मिडिया स्थापित हुने समेत  उनले  भविष्वाण्ी गरे । १३ औं स्थापना दिवसको अवसरमा अनिजलाई शुभकामना दिँदै राईले अनिजलाई वैकल्पिक मिडियाक्रर्मीको रुपमा चित्रित गरे ।

कार्यक्रम उदघाटन गर्दै प्रमुख अतिथि सहप्राध्यापक लालदेउसा राई ।

कार्यक्रमका अर्का अतिथि आदिवासी जनजाति सभासदसभा (ककस)का अध्यक्ष पृथ्बिी सुब्बा गुरुङ्गले व्यावसायिक भनिएका साचार माध्यममा आदिवासी जनजातिको समाचार लोडसेडिङ्गमा परेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले मुलुकको जातीय संरचना अनुसारको समाचारकक्षाको संरचना हुनुपर्ने उल्लेख गरे ।

अनिजका अध्यक्ष मोहनसिँ लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारु, महासचिव आङकाजी शेर्पा, गजुरधन राई, डण्ड गुरुङ्ग लगायतले मन्तब्य राखेका थिए ।

भुकुटी मण्डपबाट शुरु भएको प्रभातफेरी अनामनगरमा पुगेर कार्यक्रम स्थापना दिवस मनाइएको हो ।  क्षेत्रीय प्रतिक्षा पुरस्कार प्राप्त गरेका पत्रकार कृष्णराज चौधरी सर्वहारी तथा पत्रकार महासंघका निर्वाचित जनजाति पत्रकारहरु खिम घले र दिलीप थापालाई सम्मान गरिएको थियो ।

यसैवीच अनिज स्थापना दिवस देश भरी मनाईएको समाचार छ ।

आदिवासी जनजातिको मुद्दा उठान र ति समुदायका साचारकर्मीको हितका चन्द्रसिँ कुलुङ्ग राईको अध्यक्षता अनिज स्थापना भएको थियो ।

तस्विरहरु:- सेन्चेलुङ्ग लिम्बु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %