
राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान प्रान्तिय परिषदले आव्हान गरेको लिम्बुवान बन्द शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । पूर्वााचलका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनु पर्ने माग राख्दै आएको परिषदका महासचिव सूर्यसम्बाहाम्फेले आफूहरु माग जायज भएकाले सम्पूर्ण लिम्बुवानबासीको समर्थनमा बन्दा सफल भएको बताएका छन् । १८३१ साउन २२ गते लिम्बुवान गुमेको दिनमा विरोध स्वरुप बन्द आयोजना गरिएको महासचिव सम्बाहाम्फेले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

प्रान्तिय परिषदले आव्हान गरेको बन्दका कारण इलाम, झापा, सुनसरी, तेह्रथुम, पाँचथर, धनकुटा, संखुवासभा, ताप्लेजुङ्ग र मोरङ्गमा यातायात कलकारखाना शैक्षिक संस्था थप्प रह्यो । प्रान्तिय परिषदका सचिव लोक आङ्लाले दिएको जानकारी अनुसार अहिलेसम्मकै सबै भन्दा शान्तिपूर्ण तरिकाले बन्द सम्पन्न भएको हो ।

परिषदले साउन २१ गते मोरङ झापा र सुनसरीबाट ६०१ मोटरसाईकाल र्याली निकालेर दोस्रो पटक थपिएको म्याद अर्थात भदौ १४ गते भित्र लिम्बुवान सहितको संविधान जारी गर्न माग गरेको छ । मोटरसाईकाल र्यालीपछि उर्लाबारीमा सम्पन्न कोणसभालाई संघीय परिषदका उपाध्यक्ष तथा पूर्वााचल इन्चार्ज मिना पन्धाक लिम्बु लगायतका नेताहरुले सम्बोधन गरेका थिए । (तस्विर सौजन्य:-लिम्बुवान प्रान्तिय परिषद)


साउन २२ गते लिम्बुवान बन्द आव्हान

