राष्ट्रिय जनमुक्ति पार्टी र संघीय राष्ट्रिय पार्टीवीच एकिकरणका लागि युद्धस्तरमा वार्ता भईरहेको छ । पछिल्लो वार्ता साउन २० गते जनमुक्ति पार्टीको धोबिघाटस्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ ।
दुबैतर्फका वार्ता टोली सहभागी वैठकमा एकिकरणको मस्यौदा प्रस्तुत गरिएको छ । मस्यौदामा दुबै पार्टीको पहिलो लक्ष्य जातीय मुक्ति भएको उल्लेख छ । मस्यौदा तयार गर्ने जिम्मेवारी जनमुक्ति पार्टीबाट खिलध्वज थापा र संरालोपाबाट रविन्द्र थिङ्गले लिएका थिए । मस्यौदा वार्ताटोलीका सदस्यहरुले अध्ययन गरिरहेका छन् । वैठकले साउन २२ गते अर्को वैठक बस्ने सहमति गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले समान विचाराधारा भएका पार्टीसँग एकिकरण प्रकि्रया अगाडि बढाउन जनसम्पर्क विभाग प्रमुख केपी पालुङवा संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो ।
वार्तापछि दुबै पक्षका नेताहरुले एकिकरण प्रकि्रया सकारात्मक रुपमा अघि बढीरहेको टिप्पणी गरेका छन् । वार्तामा जनमुक्ति पार्टीबाट केपी पालुङवा र संरालोपाका सभासद राजकुमार नाल्बो लगायत सहभागी थिए ।
