आमाको भाषा बचाउ

Read Time:1 Minute, 37 Second

अधिकारकर्मी पद्यमरत्न तुलाधरले आमाको भाषा जतिको प्रभावकारी सिकाई र अभिव्यक्ति अन्य भाषामा हुन नसक्ने भएकाले मातृभाषालाई पहिलो प्राथमिकतामा राख्न माग गरेका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य विभागले साउन २० गते राजधानीमा गरेको कार्यक्रमा मातृभाषामा साहित्य सिर्जनाको महत्व विषयक विचारगोष्ठीमा तुलाधरले मातृभाषाका साहित्यको सिर्जना गर्नेतर्फ राज्यले प्रोत्साहन दिनु पर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले मातृभाषा संस्कृति रीतिरिवाजलाई राज्यले संरक्षण गर्नुपर्ने धारणा राखे । मातृभाषाको संरक्षण नहुनु भनेको राष्ट्रमा केही कुराको पनि संरक्षण नहुनु जत्तिकै भएको उनको भनाई थियो ।

कार्यक्रमका संयोजक प्राज्ञ सुलोचना मानन्धरले मातृभाषाको संरक्षण गर्न भाषा अधिकारकर्मी एकजुट हुनुपर्ने धारणा राखिन् । अमृत योाजन डा रामदयाल राकेश र शान्ति चौधरीले मातृभाषाका साहित्यिक रचनाबाट मात्रै मुलुकको विविध प्रष्टिने धारणा राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %