आफूहरुले बम पड्काएको खम्बुवान मोर्चाको दाबी

Read Time:1 Minute, 9 Second

सुनसरीको इटहरीस्थित नेपाल विद्युत् प्राधिकरण कार्यालयमा साउन २० गते विहान बम विस्फोट भएको छ । प्राधिकरण कार्यालय भवनमा सामान्य क्षति पुग्ने गरी भएको विस्फोटनको खम्बुवान मुक्ति मोर्चा संयुक्तले जिम्मेवारी लिएको छ । मोर्चाका प्रवक्ता आकार  खम्बुले साचारकर्मीलाई फोन गरी इटहरी र उदयपुरमा  समेत आफूहरुले  बम राखेको जिम्मावारी लिएको जनाइएको छ ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  छ । यसअघि बिहीबार मात्र सुनसरीकै बविया गाविस-३ स्थित रामेश्वर मेहताको घरमा सशस्त्र समूहले लुकाइराखेको बम विस्फोट हँदा दुई जना घाइते भएका थिए । यसैबीच उदयपुर सदरमुकाम गाईघाटस्थित जिल्ला वन कार्यालयमा पनि प्रेसरकुकर बम फेला परेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %