निकासका लागि संघीय गणतान्त्रिक गठबन्धन घोषणा

Read Time:2 Minute, 18 Second

संविधानसभामा रहेका संघीय गणतन्त्रवादी सात दलले संघीय गणतान्त्रिक मोर्चा निर्माण गरेका छन् । नेपाल सदभावना पार्टी आनन्दीदेवीको संसदीयको कार्यालयमा साउन १९ गते पत्रकार सम्मेलनमार्फत गठबन्धनको औपचारिक घोषणा गरिएको हो । मोर्चामा राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सद्भावना पार्टी आनन्दीदेवी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत, नेकपा माले-समाजवादी, नेपालः राष्ट्रिय पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टी  र नेपाली जनता दल रहेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एसएस थापाले धर्मनिरपेक्षता र संघीयता खतरामा रहेकाले संघीय गणतान्त्रिक गठबन्धन घोषणा गरिएको बताए । नेपाल सद्भावना पार्टी आनन्दीदेवी की अध्यक्ष सरिता गिरीले मुख्य तीन दलको विवादका कारण संविधान लेख्नुपर्ने ठाउँमा संविधानसभा नै बिघटन हुने आशङ्का बढेको चर्चा गर्दै गठबन्धनले शान्ति प्रकि्रया र संविधान लेखनका लागि दवाव दिने बताइन् ।
सात दलीय गठबन्धनले एमाओवादी काँग्रेस र एमाले संविधान र शान्ति प्रकि्रयाको बाधक रहेको ठहर गरेको छ । मुख्य तीन दलको सत्तालिप्साका कारण शान्ति प्रकि्रया र संविधान लेखनको काम ओझेलमा परेको आरोप लगाएका छन् । शान्ति प्रकि्रया र संविधान लेखनका विषयमा सम्पूर्ण राजनीतिक दललाई ध्यानाकर्षण गराउने उद्देश्यले २०६७ मङ्सिर १०  गते बनेको सात दलीय गठबन्धनलाई परिवर्तन गरेर सङ्घीय गणतान्त्रिक गठबन्धन बनाइएको सो अवसरमा जारी विज्ञप्तिमा उल्लेख छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %