धेरै जनासंख्या भएका आदिवासी जनजाति मध्येमा पर्ने थारु समुदायले गुरही पर्व भव्यरुपमा मनाएका छन् । खेतीपातीमा लाग्ने किरा रोग र बालबालिकामा लाग्ने जस्तोसुकै रोगव्याधि हट्ने विश्वास गरिने भएकाले थारु समुदायले परम्परादेखि यस पर्व मनाउँदै आएका छन् ।
रोगव्याधि हटाउन गुरहीलाई परीका रुपमा भगवान्ले पठाएको भन्दै थारु समुदायले आपसमा भेला भएर सामूहिक पूजाको आयोजना गरिन्छ । गुरही पर्व मनाउँदा कपडाको गुरही (गाईने किरा) बनाएर फ्याँक्ने गरिन्छ । पूजामा उपस्थित सबैलाई भुटेको चना मकै केराउलगायत बाँडेर घरका सबैले चाख्ने गर्दछन् ।
यो पर्व पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र काचनपुर क्षेत्रमा विशेष चर्चित छ ।

