शहीद लखन थापा मगरलाई नबुझ्ने मतिभ्रमको समस्या

Read Time:5 Minute, 0 Second

शहीद लखन थापा मगर (दोश्रा) को शहादत आजको प्रचलित जनविश्वास  वा स्थापित मान्यता अनुसार पुनर्मूल्याकन गर्ने हो भने  सरासर त्यो मूल्याकन पूर्वाग्रही भै हाल्छ  र जंगबहादुर जस्तो नेपाली  इतिहासको दुर्दान्त खलपात्रको पक्षमा  वकालत गरिएको हुन् जान्छ । र, आजको आदिवासी जनजातिको अधिकार प्राप्तिको निमित्त लखन थापा मगर जस्ता शहिदले सबभन्दा पहिलो  शुरु गरेको सामाजिक आन्दोलनको उपहास गरेको भन्ने बुझ्नु पर्दछ ।
शहीद लखन थापा मगर(दोश्रा)लाई शहीद नमान्नेहरुको ताती कम लामो छैन नेपालमा । यो कुरा तपाई हामी सबैले जाने बुझेकै कुरा हो । अब  हालै एकजनाले काठमाडौँबाट प्रकाशित हुने कान्तिपुर दैनिकमा यस सन्दर्भमा के कस्तो लेखेका छन् यो लिंक ( http://174.132.196.242/showtext.aspx?boxid=162122937&parentid=15566&issuedate=2272011) मा गएर हेर्नुस । सो लेखको  दोश्रो र तेश्रो  बुँदाहरुमा  जिकिर  गरिए अनुसार  आजको दृष्टिकोणले शहीद लखन थापा मगर(दोश्रा) को  शहादतको मूल्याकन  गर्ने सकिन्न, गर्ने हुदैन  । त्यति  बेलाको नेपाली जनता र जनचेतना , राजनीति र  सरकार , शिक्षा र सामाजिक विकास सबैको विचार गर्नु पर्छ । त्यस बेलाको अशिक्षित समाजलाइ सम्बत २००७ साल ,  २०४६ वा  २०६१र२०६२ को जस्तो जनान्दोलनको चश्मा लाएर पनि हेर्नु हुदैन  । र,
आफै राजा बन्ने धुनमा लागेर गोरखाका  मान्छेहरुलाई जम्मा गरी जंगबहादुर राणाका विरुद्ध उठाई वा  निजलाई  खतम गरी  आफै राजा बन्ने कुराले लखन थापामगर  दोश्रा शहीदको सूचीमा   दरिन सक्दैनन् भन्ने खालको लेख रचना छापेर लखन थापा मगरको शहादतको   पुनर्मूल्याकन गर्नु पर्छ भन्ने कुरा तर्क सङ्गत छैन  । र, यस कुरामा कुनै दमखम  छैन ।  लखन थापामगर (दोश्रा) ले तेसो भनेकै भए  वा त्यो कुरा गरेकै भए त्यो कहाँ छ रु जंग बहादुर राणाको लाल मोहरमा छापिएको छ यो कुरा रु अथवा कहाँ छ, त्यो पनि त चाहियो  नि त । जंग बहादुरका सन्ततिहरुले  कहिँ कतै  लेखे भन्दैमा त्यसलाई स्वीकार गनु पर्ने कुरा त भएन यो । जंग बहादुरका सन्ततिले जंग बहादुरकै पक्षमा नै वकालत गर्छन  नि होइन  न त ?   
शहीद लखन थापा मगर (दोश्रा) को शहादत आजको प्रचलित जनविश्वास  वा स्थापित मान्यता अनुसार पुनर्मूल्याकन गर्ने हो भने  सरासर त्यो मूल्याकन पूर्वाग्रही भै हाल्छ  र जंगबहादुर जस्तो नेपाली  इतिहासको दुर्दान्त खलपात्रको पक्षमा  वकालत गरिएको हुन् जान्छ । र, आजको आदिवासी जनजातिको अधिकार प्राप्तिको निमित लखन थापा मगर जस्ता शहिदले सबभन्दा पहिलो  शुरु गरेको सामाजिक आन्दोलनको उपहास गरेको भन्ने बुझ्नु पर्दछ  । र, जंग बहादुर राणा शहीद लखन थापा मगर(दोश्रा)को त्यो राजनीतिक अभियानलाई षडयन्त्रको ‘ट्याग’ पनि भिराइएको  छ । ‘षडयन्त्र’ र ‘जनविद्रोह’ कुनै हालतमा पनि एकै कुरा हुदै  होइन । सम्बत १९०३ मा  वीरध्वोज  बस्न्यातहरुले गरेको भनिएको षडयन्त्र कसरी राजनीतिक विद्रोह हुनसक्छ ? षडयन्त्र  गरेको भन्नु र  राजनीतिक विद्रोह गरेको भन्नुमा आकाश जमिनको फरक छ ।
षडयन्त्र , निर्मम हत्या र रगतको खोलो बगाएर उठेको सत्ताको विरुद्ध जनतालाई एकत्रित गरी ,उनीहरुलाई  राजनीतक प्रशिक्षण दिइ राज्य र त्यसको संचालनको खाका समेत  तयार गरिनु, सम्बत १९०३ मा  वीरध्वोज  बस्न्यातहरुले गरेको षडयन्त्र भन्दा नितान्त फरक,  तत्कालिन राज्य व्यवस्था विरुद्ध गरिएको राजनीतिक आन्दोलन हो जुन २००७ सालमा मात्र सफल हुन् सक्यो ।

लांघाली परिवार क्याम्ब्रिज
युएसए

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %