बेइमान र लालचीहरुले समस्याका रुपमा लिएका देशको जातीय, भाषीक, सांस्कृतिक विविधितालाई विद्वानहरुले सन्तुलित एवम् सही बिबेकको प्रयोग गरेर छलफल गर्ने समाधान खोज्ने हो भने यसलाई उचाल्न नसकीकिने ढुँगा सम्झिन आवश्यक छैन ।
प्रेमध्वज गाहा मगर
विभिन्न जाति, भाषा तथा समुदायले संबिधानमा आ आफ्नो अधिकार सुनिश्चित गराउन आवाज उठाए पनि यसको सुनुवाई हुन नसक्नु दुःखद कुरा कुरा हो । संगठित होस् या असंगठित रुपमा राज्यसंयन्त्रमा होस् या पार्टीभित्र हरेक ठाउंमा समान पहुंच र सहभागिताको मागहरु उठिरहेका छन् । यसो हुनु नितान्त जायज र आवश्य पनि छ । तर यस क्रममा केही जातीय उग्रता पनि देखिएका छन् चाहे जुनसुकै पक्षबाट भएको किन नहोस् । यस प्रति संकुचित दृष्टिकोण राख्नेहरुले देशको जातीय बिबिधतालाई नै समस्याको रुपमा परिभाषित समेत गरेका छन् । यसलाई सही बिश्लेषण गरी उचित समाधान गर्ने तर्फ होइन कि झन् आगोमा घिउ थपेर थप उत्तेजित पार्ने गलत कृयाकलापलाई पश्रय दिने काम भैरहेका छन् । तर देशका बिद्वान बर्गले सन्तुलित एवम् सही बिबेकको प्रयोग गरी ती जाति र समुदायले उठान गरेका मुद्दहरुका बारेमा छलफलबहस् र बिमर्श सन्चालन अभियान थालेमा ती सवालहरुको अत्यन्त सौहार्दपुर्ण ढंगले किनारा लाग्नुका साथै यसले देशमा बिद्यमान गतिरोधको समाप्ति अनि शान्ति र संबिधान निर्माण प्रकृयामा बल पुग्न सक्छ ।
ठुला दलका नेतृत्वहरुको ब्यबहार हेर्दा उनीहरु कता कता बहकिए जस्ता लाग्छन् । कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै उनीहरु पुरा नगरी नहुने बटम लाइनमाथि उल्लेखित लाई नजरअन्दाज गरेर संबिधान लेखन र शान्ति प्रकृया अघि बढाउने मुख्र्याइं गरिरहेका छन् । संबिधान लेखनका लागि टुंगिन बांकी भएका गरुङ्गा मुद्दाहरु अनिर्णीत रहनुको पछाडि सदियौं देखि उत्पीडनमा पर्दै आएका आदिबासी जनजाति दलित महिला मधेसी मुस्लिम बर्गको अधिकार ग्यारेण्टी गर्ने सन्दर्भमा पुर्वाग्रह रहनु नै मुख्य कारण हो भन्ने कुरा आत्मसात गर्न नचाहनु नेपाली राजनेताहरुको मुर्खता हो । तसर्थ उनीहरुको मथिङ्गलमा जादुमय परिबर्तन ल्याउन सक्ने चिम बाल्दिने कर्तब्य बिद्वान बर्गकै हो ।<br>
नेपालको बिशेषता भनेको नै यहांको बहुराष्ट्रियबहुजातीय चरित्र हो । यो यथार्थलाई २०४७ सालको संविधानले लिपिबद्ध गरिसकेको थियो र बर्तमानको अन्तरिम संबिधानले पनि यसलाई निरन्तरता दिएकै छ । तर बिडम्बना के हो भने त्यो यथार्थ संबिधानमा मात्र सीमित रहन पुग्यो । राज्यले आफ्नो तर्फबाट यहांको सबै बिबिधतालाई समान एवम् सही ढंगले सम्बोधन नगरेको र प्रबद्र्धन र संरक्षणका लागि सदाशयता नदेखाएको अर्को यथार्थ घाम जत्तिकै छर्लङ्ग छ । संबिधानतः स्वीकार गरिएको नेपालको बहुराष्टियबहुजातीय चरित्रलाई ब्यबहारिक एवम् नीतिगत रुपमा कार्यान्वयन नगर्नुको कारण यो देशमा बिद्यमान करीव ३०० बर्ष देखिको जातिबादी राजकीय सत्ताको स्वरुप नै हो । केही सीमित जातिले मात्र यहांको राजकीय सत्ताको वरिपरि कुण्डली मारिरहेका छन् । यसो हुंदा स्वभावैले अन्य जातिय समुह केन्द्रिय सत्ताको पहुंचबाट बिाचत रहन पुगे । जव सत्ताको उपभोगबाट बिाचत रहन्छ कुनै समुदाय भने त्यो समुदायको बिकास एवम् समृद्धि स्वतः असम्भव हुन्छ । यो तरिकाले सत्ताको उपभोग अनियमित वा असमान हुंदा कोही बढी लाभान्वित भए भने कोही बिल्कुल पाखा पारिए ।त्यो असमानता त्यो बिभेदका बाबजुद पनि सत्ताबाट पाखा पारिएकाहरुले समान सहभागिता र अधिकारका लागि संगठित आवाजको वकालत गर्ने माहौल सिर्जना नहुंदा सम्म मुलुक शान्त देखिन्थ्यो । तर त्यो नाम मात्रको शान्ति प्रतिको बितृष्णा स्वरुप २०४६ को राजनीतिक परिबर्तन पश्चात राज्यसत्तामा समान सहभागिताको वकालत गर्दै राजनीतिक पार्टीहरु स्थापना भए । वास्तवमा यिनै पार्टीहरुलाई जान्छ नेपालमा जातीय चेतनाको बीजारोपण गर्ने कामको सम्पूर्ण जस ।
२०५२ सालदेखि माओबादी स शस्त्र युद्ध शुरु भयो आवरणमा बर्गीय भनिए तापनि यो युद्ध बिशेष गरी जातीय बिभेद र उत्पीडनबाटै प्रेरित थियो । एमाओबादीले आफ्नै निहित स्वार्थलाई सही जातीय मुद्दालाई केही हदसम्म उठाउने प्रयत्न गरेका थिए । दबिएका र दबाइएका राजनीतिक अधिकारबाट बिाचत पारिएका आवाजहरु २०४६ को बहुदलीय प्रजातन्त्र र ०६२०६३ को जनआन्दोलन पश्चात प्राप्त लोकतन्त्रको आडमा एकै पटक बिष्फोट भएर आउंदा केही अराजक रुप लिएर आएको हुन सक्छ केही जातिय असहिष्णुता देखिएको हुन सक्छ । साथै हिजो निसास्सिएर बस्न पर्नुको पीडा आज केही चर्को स्वरमा पोखिएको हुन सक्छ । तर अन्य समुदायले यसलाई सकारात्मक ढंगले लिन सक्नुपर्छ समभाव राखेर परिस्थितिको सामान्यीकरण गर्ने बिबेक प्रदर्शन गर्ने क्षमता राख्नु पर्छ । यो भन्दा बढी अराजक ढंगले परिस्थिति अघि बढेमा पक्कै पनि राष्टिय हितमा छैन ।बिष्फोटित यी आवाजलाई सम्बोधन गर्ने तर्फ अहिले सम्म केन्द्रिय सत्तामा बर्चस्व राख्ने शाषक जातिका इमान्दार युवाहरु नै अग्रसर भएर महानता प्रदर्शन गर्नु पर्ने अहिलेको प्रमुख आवश्यकता हो ।
यथार्थ भने बिल्कुल फरक छ यहां सीमान्तकृत र अपहेलितहरुको आवाजलाई कसैको अस्तित्व माथि धावा बोलेको रुपमा बुझी गलत अर्थ लगाउने काम भैरहेको छ । शान्तिपूर्ण ढंगले अधिकार स्थापित गराउन खुलेका संस्थाहरुको बिरुद्धमा समानान्तर संस्था खोली युवाहरुलाई सडकमा ओरालेर जातिय िहंसालाई बढावा दिने गलत प्रवृत्तिलाइ हावी गराइएको छ । यहां कसैलाइ अधिकारबाट बिाचत गराएर फेरि अर्को जातिबादी प्रणाली कायम गर्न लागिएको होइन कि नेपाली हुनुको हैसियतमा प्राप्त हुनुपर्ने अधिकारहरुको माग मात्र होकम्तीमा एकजातिबादी राज्यको स्वरुप बहुजातिय हुनुपर्छ भन्ने माग नबुझ्नु वा बुझेर बुझ् पचाउन गरिएको धृष्टता निश्चय नै चिन्ताजनक छ । शाषकबर्गले शाषितहरुको जायज मागलाई सम्बोधन नगर्ने त्यसलाई उपेक्षाको नजरले हेर्ने वा बेवास्ता गर्ने प्रवृत्तिले पक्कै पनि राम्रो संकेत गर्दैन । सतहमा थुप्रै जातिय जुहारीहरु देखिइसकेका छन् । जस्ले ठुलो रुप लिएमा त्यो कुनै एकको लागि मात्र होइन कि सबैका लागि प्रत्युत्पादक हुन सक्छ ।
समाजलाई सही मार्गमा डोर्याउन डोरबहादुर बिष्ट जस्ता इमान्दार बिद्वानहरुको सकृय भुमिकाको आवश्यकता छ । बिष्टले धेरै अगाडि नै बिभेद र अन्यायबाट सिर्जना हुन सक्ने बिचलन र द्वन्द निवारण गर्न शाषक जातिका युवा तथा बिद्वानहरु नै सकृय हुनुपर्छ भन्ने कुरा उद्घोष गरिसकेका थिए । नेपाली समाजमा देखिएका जातिय र साम्प्रदायिक गतिबिधि सम्बन्धमा अहिलेका बिद्वत बर्गको मौनता वास्तवमा निन्दनीय छ । यस्तै बेलामा हो उनीहरुको भूमिका आवश्यक पर्ने देश र समाजलाई । एक अर्काको बिरुद्धमा खरो उत्रने प्रवृत्ति छोडेर प्रतिशोधको भावना नराखी देशको स्रोत र साधन अनि राज्यसंयन्त्रमा सबैको समान पहुंच स्थापना गर्ने सन्दर्भमा बिद्वान बर्गबाट देशब्यापी रुपमा बिचार बिमर्श र छलफल थालिनुपर्छ जसबाट समतामुलक नेपाली समाजको निर्माण हुन सकोस् बिबिधताहरुको बिचमा पनि एकताको उदाहरण बिश्वसामु प्रस्तुत गर्न सकियोस् अनि मात्र देशले स्थायी शान्ति दीगो बिकास र समृद्धि प्राप्त गर्ने निश्चित छ । मानवशास्त्री डोरबहादुर बिष्टले भने जस्तै नेपालको जातीय बिबिधता बेइमान एवम् लालची मानसिकता बोक्नेहरुका लागि मात्र समस्याको जरो हुन सक्छ तर बहुजन हिताय बहुजन सुखायको मुल मन्त्र आत्मसात गरी इमान्दार भइ देशमा देखिएका बिभिन्न जातिय माग र आवाजलाई सम्बोधन गर्ने तर्फ लागेमा पक्कै पनि नयां नेपाल बन्न सक्नेछ । त्यसैले यहां बिद्यमान जातिय बिबिधता समस्या होइन कि अरुको पनि अस्तित्व स्वीकार गर्न सक्ने सकारात्मक सोंचको खडेरी छ ।
शिवमन्दिर-८, नवलपरासी