



वैशाख २१, २०८०
राज्यसत्ता संवाददाता
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रमुख गिराेह बहालवाल सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । याे समुहले ८७५ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएका थिए । उनिहरूसँग जनहि १० देखि ५० लाख ठगि गरेकाे पाईएकाे छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाउने बेलामा राम बहादुर थापा तत्कालीन गृहमन्त्री थिए । तत्कालीन समयमा रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई थिए । उनलाई मंगलबार र गृह सचिव हुँदै अहिले उपराष्ट्रपति कार्यालयमा पुगेका सरकारका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । तत्कालिन समयका ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । साथै माझिका छाेरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाउने अन्य नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेका छन् । पक्राउ पश्पश्चात उनीहरूबाट प्रमाण बरामद गरेकाे थियाे । पक्राउ पर्नेहरूकाे बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो ।

पुर्व गृहमन्त्री राम बहादुर थापाका सल्लाहकार राई मंगलबार पक्राउ परेपछि तत्कालीन गृहसचिव पाण्डे, एमाले सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझी र छोरा सन्दीपविरुद्ध थप प्रमाण जुटेकाे थियाे । डा. ईन्द्रजित राईले गृह मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्रै बसेर गिरोहको योजना सफल पार्ननीतिगत निर्णयमा प्रभाव पारेका थिए । राईमाथि उनले भित्रका सबै सूचना र दस्ताबेज गिरोहलाई उपलब्ध गराउँदै आएको आरोप छ । राईसहितको गिरोहले तत्कालीन नेकपा नेता रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको थियो ।
भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गर्ने याेजना अनुसार धेरै शरणार्थी पुनर्वास भईसकेका छन् भने केही शरणार्थी अझै अलपत्र परेर बसेका छन् । अलपत्र परेका र छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्नका लागि भन्दै गिरोहले कार्यदल गठन गर्ने गुरुयोजना बनाएकाे थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार २९ मा सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गुरूयाेजना कार्यदल गठन गरेको थियो ।
गुरूयाेजना बनेपछि कार्यदलले काम गरिरहेकाे थियाे । कार्यदलले काम गरिरहँदा राजनीतिक संरक्षण पाएका गिरोहले नक्कली शरणार्थीको सूची बनाएकाे थियो । गृहको प्रतिवेदन अझै सार्वजनिक हुन बाँकी छ । याे गिराेहले अमेरिका उडाउने भन्दै सर्वसाधारणबाट १० देखि ५० लाख रुपैयाँ असुल गरेका थिए ।