नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई पैसा असुल्ने शक्तिशाली व्यक्तिहरू कानुनी फन्दामा

वैशाख २१, २०८०
राज्यसत्ता संवाददाता
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रमुख गिराेह बहालवाल सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । याे समुहले ८७५ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएका थिए । उनिहरूसँग जनहि १० देखि ५० लाख ठगि गरेकाे पाईएकाे छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाउने बेलामा राम बहादुर थापा तत्कालीन गृहमन्त्री थिए । तत्कालीन समयमा रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई थिए । उनलाई मंगलबार र गृह सचिव हुँदै अहिले उपराष्ट्रपति कार्यालयमा पुगेका सरकारका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् । तत्कालिन समयका ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । साथै माझिका छाेरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।


नक्कली भुटानी शरणार्थी बनाउने अन्य नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेका छन् । पक्राउ पश्पश्चात उनीहरूबाट प्रमाण बरामद गरेकाे थियाे । पक्राउ पर्नेहरूकाे बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो ।

पुर्व गृहमन्त्री राम बहादुर थापाका सल्लाहकार राई मंगलबार पक्राउ परेपछि तत्कालीन गृहसचिव पाण्डे, एमाले सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझी र छोरा सन्दीपविरुद्ध थप प्रमाण जुटेकाे थियाे । डा. ईन्द्रजित राईले गृह मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्रै बसेर गिरोहको योजना सफल पार्ननीतिगत निर्णयमा प्रभाव पारेका थिए । राईमाथि उनले भित्रका सबै सूचना र दस्ताबेज गिरोहलाई उपलब्ध गराउँदै आएको आरोप छ । राईसहितको गिरोहले तत्कालीन नेकपा नेता रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको थियो ।

भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गर्ने याेजना अनुसार धेरै शरणार्थी पुनर्वास भईसकेका छन् भने केही शरणार्थी अझै अलपत्र परेर बसेका छन् । अलपत्र परेका र छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्नका लागि भन्दै गिरोहले कार्यदल गठन गर्ने गुरुयोजना बनाएकाे थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार २९ मा सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गुरूयाेजना कार्यदल गठन गरेको थियो ।

गुरूयाेजना बनेपछि कार्यदलले काम गरिरहेकाे थियाे । कार्यदलले काम गरिरहँदा राजनीतिक संरक्षण पाएका गिरोहले नक्कली शरणार्थीको सूची बनाएकाे थियो । गृहको प्रतिवेदन अझै सार्वजनिक हुन बाँकी छ । याे गिराेहले अमेरिका उडाउने भन्दै सर्वसाधारणबाट १० देखि ५० लाख रुपैयाँ असुल गरेका थिए ।