‘जनजातिका नाममा आएको रकम अरुले नै चप्काइदिए’

Read Time:1 Minute, 44 Second

साउन १४
राजनैतिक भागवण्डाका कारण जनजातिका निम्ती निर्धारण गरिएका कार्यक्रम तथा वजेट तल्लो तहका आदिवासी-जनजातिसम्म पुग्न नसकेको देवदहमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । आदिवासी-जनजाति समन्वय समिति देवदहको आयोजनामा भएको ३ दिने समावेशी सामाजिकरण सम्वन्धी तालिमको समापनको अवसरमा वोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
समितिका उपाध्यक्ष केशव पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा माओवादीका चोडा प्रसाद चापागाई, एमालेका प्रेम भण्डारी, कांग्रेसका डिल्लीराज मरासिनी, जनमुक्ति पार्टीका डम्वर बहादुर थापा, राप्रपाका मित्रलाल खरेल, पत्रकार गोविन्द घर्ति, प्रशिक्षक बुद्धि पन्थी, सहभागिको तर्फबाट भूमिका घर्ति, डोलमाया थापा, रुकमा चौधरी, विद्या श्रेष्ठ, हिरा मोक्तान लगायतले बोल्दै जनजातिका अधिकार सुनिश्चित गर्नका लागि सवै संग सहकार्यको आवश्यकता रहेकोमा जोड दिइएको थियो । समितिका सदस्य दल बहादुर पाईजाको स्वागत र पदम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा देवदहका ४५ जना आदिवासी जनजाति यूवा यूवतीहरुको सहभागिता रहेको थियो ।

गोविन्द घर्ति देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %