सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठलाई बढुवा गरेको छ । साउन १३ गते राजधानीमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सशस्त्र प्रहरी बलका कामु महानिरीक्षक किशोरकुमार लामाको पदावधि सकिन एक दिन पहिले नै सरकारले श्रेष्ठलाई बढुवा गरेको हो ।
श्रेष्ठको जिम्मेवारी साउन १५ गतेदेखि शुरु हुन्छ । २०३८ चैत २९ मा नेपाली सेनामा भर्ना भएका थिए । श्रेष्ठ २०५८ चैत ९ मा सशस्त्र प्रहरीमा गएका थिए । बाँके नेपालगन्जका श्रेष्ठ २०१७ मङ्सिर ५ गते पिता मोहनलाल र माता चन्द्रकुमारीको कोखबाट जन्मेका हुन ।
नामः- शैलेन्द्रकुमार श्रेष्ठ
भर्ना मितिः- २०३८/१२/२९
जन्म मितिः- २०१७/०८/०५
बाबुको नामः- मोहनलाल श्रेष्ठ
आमाको नाः- चन्द्रकुमारी श्रेष्ठ
स्थायी वतनः- जि. बाँके नेपालगंज आदर्शनगर वडा नं. १३
शैक्षिक योग्यतः- बि.एल.
सशस्त्र प्रहरी बलमा स्थानान्तरः- वि.सं. २०५८/११/०९
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ नेपाल सरकार मन्त्रिपरिषदको वि.सं. २०६४/०४/१४ गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक भएका छन् ।
प्रमुख भई काम गरेकोः-
सशस्त्र प्रहरी बलमा स्थानान्तरण भए पश्चात तत्कालिन सशस्त्र प्रहरी बल तालिम महाविद्यालय ककनी, युक्ति तालिम महाविद्यालय लामापाटन पोखरा, बैद्यनाथ बाहिनी अत्तरिया कैलाली, रुद्र बाहिनी पथलैया बारा, सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कार्य विभाग र मानवश्रोत विकास विभागको प्रमुख भई कार्य गरि सक्नु भएका उनले नेपाली सेनामा रहदा गण, गुल्म लगायतको विभिन्न इकाईहरुको जिम्मेवारी सम्हाली सकेका छन् ।
तालिम:-
अधिकृत आधार तालिम, युवक अधिकृत तालिम, फिल्ड इन्जिनियरिङ, कम्ब्याड कोर्स, प्यारा बेसिक, गुल्मपति तालिम, पाथफाइडर, सहायक स्टाफ अधिकृत, सैन्य अट्याचमेन्ट, विशेष तालिम, कमाण्ड तथा स्टाफ कलेज, नेतृत्व तथा व्यवस्थापन, गणपति अभिमुखीकरण तालिम, टिओ कोर्स, लिडरसिप एण्ड म्यानेजमेन्ट तालिम, सिभिल अफेयर्स अफिसर्स कोर्स, इन्टरनेशनल मिलिटरी कोर्स, कम्पि्रहेन्सीभ सेक्युरिटी रेस्पोन्स टु टेरोरिज्म, एडभान्सिङ सेक्युरिटी इन्टे्रस्ट्स गाइनिङ कम्युनिटी ट्रस्ट, इन्टरनेशनल कन्फ्रेन्स फर सिनियर ल इन्फोर्समेन्ट, मिलिटरी एनेक्स वर्कसप, सिनियर एक्जुकेटिभ डेभलपमेन्ट प्रोग्राम, एमएस एक्सल इन्टरमिडियट लेबल, युज एण्ड फस्ट लाइन मेन्टिनेन्स अफ राइडर, सिभिल मिलिटरी कोअपरेसन अवार्डनेस कोर्स लगायतका तालिम गरेका छन् ।
मानपदवि:-
विभिन्न १० वटा पदकद्वारा सुशोभित
