सरकारले अझैसम्म १५,३३१ मुक्त कमैया परिवारलाई पुर्नस्थापना गरेको छैन । कमैया महिला जागरण समाज नेपालले साउन १३ गते सार्वजनिक गरेको मुक्त कमैया अध्ययन प्रतिवेदन अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र काचरपुर जिल्लामा यतिका परिवार अलपत्र रहेपनि पुर्नस्थपनामा सरकार गंभिर नदेखिएको हो ।
पहेँलो र सेतो परिचयपत्र पाएका बाँकी चार हजार ९३९ परिवारलाई वर्गीकरणको बहानामा अलपत्र पारिएको समाजका अध्यक्ष कृष्णा थारुले जानकारी दिए । रातो र नीलो परिचयपत्र पाएका पुनःस्थापना गर्न बाँकी पाँच हजार ८९२ परिवार पहँेलो र सेतो परिचयपत्र पाएका चार हजार ९९३ परिवार र पाँच जिल्लाका परिचयपत्र समेत नपाएका परिवार गरी जम्मा १५ हजार ३३१ परिवार पुनःस्थापना हुन बाँकी रहेका छन् । कैलाली जिल्लामा ९७६२ मुक्त कमैया परिवारमध्ये ८९७५ परिवार पुनःस्थापना भएका छैनन् ।

