
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले नेपाल टेलिकमका म्यानेजिङ्ग डाइरेक्टर विश्वनाथ गोयललाई ग्राहकले तिरेको पैसा अनुसारको सुविधा दिन तथा टेलिकमलाई वास्तविक मुनाफामा लैजान निर्देशन दिएका छन् । थापाले मोवाइल ल्याण्डल्याइन टेलिफोन र सिडिएमएबाट फोन गर्दा आवाज नसुनिने तर पैसा काट्ने गरेकाले ग्राहकमाथि अन्याय भईरहेको बताए ।
सिँहदरबारमा साउन १२ गते बसेको समितिको वैठकमा थापा र गोयलवीच भनाभन समेत भएको थियो । जनताले चुनेर पठाएको प्रतिनिधिसँग मुख लाग्न थालेपछि म्यानेजिङ्ग डाइरेक्टर गोयललाई थापाले घुस्याहा भनेका थिए । रु ७ करोडसम्मको टेण्डर स्विकृत गर्ने अधिकार म्यानेजिङ्ग डाईरेक्टरलाई हुन्छ । गोयलले घुस खानकै लागि टेण्डर समयमा आव्हान नगर्ने र कसैको टेण्डर परेन भनेर वि्रजीङ्ग प्रोजेक्टको बहानामा पुरानै ठेक्दारलाई काम दिँदै आएको भनेपछि भने गोयलको मुख बन्द भएको थियो ।
गोयलले काठमाडौंमा बनेका अग्ला भवन र लोडसेडिङ्गले गर्दा टेलिकमले ग्राहकलाई गुणस्तरीय सेवा दिन नसकेको तर्क अघि सारेका थिए । सभासद थापाले नीजि क्षेत्रबाट संचालित एनसेललाई अग्ला भवन र लोडसेडिङ्गले किन असर नगेरेको त भनेपछि भने फेरी गोयल बोल्न सकेनन् । नेपाल टेलिकम नाफामा भएको प्रचार गरेर त्यहाँका कर्मचारीहरुले बोनसको रुपमा मोटो रकम बाँध्ने गरेको भएपनि शेयर धनीहरुले नाफाको हिस्सा नपाएको थापाको दाबी थियो ।
यसअघि नेपाली जनताले रु ६०० किनेको प्रतिकित्ता शेयर टेलिकमका कर्मचारीहरुलाई भने रु ९० मा वितरण गरिएको थियो । जबकी त्यहाँका कर्मचारीहरुले निशुल्क काम गरेका त होइनन् । नेपालमा नेपाल टेलिकम मात्रै त्यस्तो संस्था हो जहाँ १० बजे खुल्नु पर्ने कार्यालयमा कर्मचारीहरु ११ बजे तिर आईपुग्छन् र २ नबज्दै घर हिँडी सकेका हुन्छन् ।
