कलेज छात्राले लगाउने ‘मिनीस्कर्ट’ माथि बहस

Read Time:2 Minute, 4 Second

स्कूल जीवन पुरा गरेर दशजोड दुई पढिरहेका छात्राहरुले लगाउने मिनिस्कर्टबारे बहस प्रारम्भ भएको छ । शिक्षा विभागका निर्देशक डिल्लीराम रिमालको संयोजकत्वमा गठित सरोकारवालसहितको मिनिस्कर्ट अनुगमन टोली उपत्यकाका कतिपय कलेज तथा दशजोड दुईमा पुग्दा मिनीस्कर्ट मा विद्यार्थी भेटेपछि यस विषयमा विभिन्न धारणा सार्वजनिक भएको हो ।

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)ले जारी गरेको आचारसंहितामा घुँडासम्म छोपिने गरी मात्रै स्कर्ट लगाउन पाइनॆ उल्लेख छ । तर उच्च माध्यमिक शिक्षा परिषद्ले यसबारेमा केही बोलेको छैन ।

मिनीस्कर्ट लगाएर कलेज जानु आपत्तिजनक भएको कतिपय अनुगमनकर्ताको विश्लेषण छ भने कतिपयले २१ औं शताब्दीका विद्यार्थीले आफू खुशी पोशाक लगाउन पाउने तर्क गरेका छन् । अनुगमन समितिका संयोजक रिमालले उपत्यकाका कतिपय शिक्षण संस्थामा हिसानले बनाएको आचारसंहिताअनुसारको ‘डे्रस कोड’ नपाइएको बताएका छन् ।

अनुगमन समितिका रहेका अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले आफूहरुले भ्रमण गरेकामध्ये बसुन्धराको साउथ वेष्ट स्टेट कलेज, क्यानभास इन्टरनेसनल कलेज र सिनामङ्गलको बि्रजवाटर कलेजका विद्यार्थीले मिनीस्कर्ट लगाएका थिए । साउथ वेष्टर्न स्टेट कलेजका  डा. राजेन्द्रिसंह के.सी.ले भने ‘मिनीस्कर्ट’ लगाउन नदिनु ‘सिल्ली’ कुरा भएको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %