सामान्यतया सार्वजनिक पदमा बसेर अकुट सम्पत्ति कमाउनेहरु लेखा समितिको वैठकमा जाँदैनन् ।

मन्त्री यादव र सचिव चौधरी
सार्वजनिक लेखा समितिलाई कृषि मन्त्री हरिनारायण यादव र सचिव नाथुप्रसाद चौधरीले थाङ्नामा सुताएका छन् । समितिले साउन ११ गते विहान ८ बजे बोलाइएको वैठकमा यादव र झा दुबै गएनन् । आफूहरु श्रीलंका पुगेकाले समितिमा आउन नसकेको उनीहरुको भनाई थियो ।
श्रीलंका पुगेकाले विहान ८ बजे वैठकमा उपस्थित हुन नसकेको बताएका मन्त्रीहरु वैठक सम्पन्न भएको १० घण्टासम्म पनि नेपालमै थिए । जनताका प्रतिनिधित्व गरेर व्यवस्थापिका संसद सदस्यहरु रहने समितिलाई ढाँट्नु ३ करोड नेपालीलाई ढाँट्नु बराबार हो । यस्ता ढँटुवा मन्त्री र सचिवलाई कारवाही नहुने पक्का जस्तै छ ।
जनताको खुन पसिनाबाट संकलित करबाट अकुट सम्पत्ति लुटेका मन्त्री वा सरकारी पदाधिरकारीले सार्वजनिक लेखा समितिको वैठकमा नजाने गरेको यसअघिका घट्ना क्रमले स्पष्ट गरेको छ । समितिका एक सदस्य भन्छन्. ‘राज्य ढुकुटी नलुटेका भए उहाँहरु समितिको वैठकमा पक्कै आउनु हुन्थ्यो ।’
