‘दलित र जनजातिले दमन गरेकाले वाहुन क्षेत्री बाध्यताले आन्दोलनमा’

Read Time:2 Minute, 3 Second

हिन्दु राष्ट्र नेपालका अध्यक्ष जगतबहादुर थापाले दलित, जनजाति, महिला, मधेशी र धार्मिक अल्पसंख्यकले क्षेत्री र वाहुनको अधिकार खोसेकाले आफूहरु आन्दोलनमा जान बाध्य भएको बताएका छन् ।

आरक्षण समावेशीता र संघीयताको विरोधमा हिन्दु राष्ट्रवादी शक्ति तथा व्यक्ति सङ्घसंस्था सबैको प्रतिनिधित्व हुने गरी आगामी १३ गते ‘हिन्दु राष्ट्र आन्दोलन परिचालन केन्द्रीय समिति’ गठन गरेर सोही समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी भईरहेको अध्यक्ष थापाले साउन ९ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

सरकारले पिछडिएका समुदायलाई रोजगारी र शिक्षा जस्ता क्षेत्रमा आरक्षण दिएर क्षेत्री वाहुनको अधिकार खोसेकाले आन्दोलन गर्नुपरेको उनीहरुको दाबी छ । उनीहरुले बहुधार्मिक बहुजातीय बहुसांस्कृतिक नेपाललाई धर्मनिरपेक्षता हटाएर हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् ।

मरेको गाइ काट्नेहरुलाई जेलमा हाल्नु पर्ने र आफूहरुको मात्रै आस्थाको प्रतिक गाईलाई सबै धर्म र समुदायका नेपभल राष्ट्रिय जनावर मान्नुपर्ने समेत उनीहरुको माग रहेको छ । आफ्ना मागहरुलाई बेवास्ता गरी नेपाललाई धर्मनिरपेक्ष राज्य उल्लेख गरी संविधान जारी गरेको खण्डमा हिन्दु राष्ट्र नेपालले कडा प्रतिरोध गर्ने थापाको धम्की थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %